भाइबरको सस्तो टिकट्स च्याटबट मार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि  बुकिङ सेवा उपलब्ध  

Viber Chatbot by Rakuten Viber and Sasto Tickets Revolutionizes Nepal Tourism
Share It On:

१० भदौ, काठमाडौं ।

आन्तरिक यात्रालाई सहयोग र सशक्तिकरण गर्ने निरन्तरको प्रयासस्वरूप भाइबरले सस्तो टिकट्ससंग मिलेर एउटा सिर्जनात्मक च्याटबटको सुरुवात गरेको छ। यसले नेपाली र अन्तर्राष्ट्रिय यात्रुहरूले देशको अन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउने भाइबरको विश्वास रहेको छ ।

भाइबरको ट्राभल एजेन्सीसँगको सहकार्यले सस्तो टिकट्स च्याटबट मार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराएको छ। यो प्लेटफर्मले लागत-प्रभावी उडान विकल्पहरू प्रदान गर्नुका साथसाथै अन्य धेरै आकर्षक लाभहरू पनि दिएको छ, जस्तै :

● बम्पर अफरस् उडान र आवासको पूर्ण सुविधा सहित दुईजनाको लागि थाइल्याण्डको यात्रा।

● दुई(तर्फी आन्तरिक उडान टिकटहरू : १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकटहरू दिइने विशेष अफर ।

● पोखरा आवासमा १५५ छुट ( पोखराका उत्कृष्ट होटल र रिसोर्टहरूमा बस्ने रूम स्टेमा १५५ छुटको साथ शानदार आराम ।

● माउन्टेन फ्लाइटहरूस् पाँचजना थ्रिल चाहनेहरू र हरेकका एक एक साथीले चार्टर्ड उडान मार्फत् हिमाल र त्यसका सुन्दर परिदृश्यहरूको रोमान्चक अनुभूति लिन सक्छन् ।

● भरपुर मनोरञ्जनस् प्रयोगकर्ताहरूले यस नयाँ क्षितिजमा थप यात्रा(सम्बन्धि सुविधाहरूको साथ बटभित्र क्विज़ खण्ड लगायत अन्य अन्तरक्रियात्मक गतिविधिहरूमा संलग्न हुन सक्छन् ।

सस्तो टिकट्स का संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहालले भने, “राकुटेन भाइबरसँगको हाम्रो नयाँ सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको छ र हामी नेपालभित्रको अन्वेषणलाई पहिलेभन्दा बढी फराकिलो, पहुँचयोग्य र रोमाञ्चक बनाउन आतुर छौं।”

 राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले थप्छन्, “हाम्रो मिशन सधैं हाम्रा प्रयोगकर्ताहरूको अनुभव बढाउनु हो र हामीले हाम्रा अघिल्ला प्रयासहरूद्वारा यसलाई प्रमाणित पनि गरेका छौं। सस्तो टिकट्स सँगको यो नयाँ साझेदारीले स्थानीय पर्यटनलाई साथ दिँदै लक्ष्यप्रतिको हाम्रो समर्पणलाई अझ सशक्त बनाउँछ।”

सस्तो टिकट्स च्याटबट अगस्ट २९, २०२३ मा लन्च गर्न तय गरिएको छ। प्रयोगकर्ताहरूले भाइबरमा सजिलै सस्तो टिकट्स सर्च गरी च्याटबट जोइन गर्न सक्नेछन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *