एआई म्युजिक भिडियो मार्फत् सूचना प्रविधिको राष्ट्रिय गीत सार्वजनिक

Drona Parajuli

१० भदौ, काठमाडौं ।

एआई म्युजिक भिडियो मार्फत् गायक द्रोण पराजुलीले सार्वजनिक गरे सूचना प्रविधिको राष्ट्रिय गीतः सूचना र प्रविधियो सारा नेपालीको शान गायक तथा संगीतकार द्रोण पराजुलीले विकासबादी संगीतको सातौँ प्रस्तुति स्वरुप सूचना प्रविधि क्षेत्रमा जागरण र उर्जा जागृत गर्ने सूचना र प्रविधि यो बोलको गीत एआईमा आधारित म्युजिक भिडियो मार्फत् सार्वजनिक गरेका छन् ।

शब्द, संगीत तथा स्वर सर्जक आफैले दिएका छन् भने साथमा खुसी पराजुलीको कोरसमा स्वरांकन रहेको छ । हार्मोनिक रेकर्डिगं स्टुडियो डिल्लिबजार रेकर्ड गरिएको उक्त गीतमा विक्रम थापाको रेकगिंग सहयोग र विसन मानन्धरको एरेन्जमेन्ट रहेको छ ।

सूचना प्रविधि क्षेत्रका रोजगारदाता, कर्मचारी, उद्योगी, सरोकारवालालाई गीतसंगीत मार्फत् एउटै छातामुनी समेटी एकता, सद्भाव र भाइचारा सहित आर्थिक समृद्धिको यात्रामा समाहित हुन आग्रह गरिएको गीत संभवत सूचना प्रविधि क्षेत्रको पहिलो राष्ट्रिय गीत बन्न पुगेको छ ।

बिगत १ दशक देखि सूचना प्रविधि उद्योगको विकासमा लागेका पराजुलीले आईटी क्षेत्रलाई ठूलो संभावनाको क्षेत्र भन्दै देश विदेशमा रहेका सारा नेपालीहरुलाई आब्वान समेत गरी नेपालको आईटी उद्योगलाई सम्मान र गौरबको क्षेत्र बनाउन सकिन्छ भन्ने विश्वास समेत गीत मार्फत् ब्यक्त गरेका छन् ।

मौलिक विकास, प्रेमिल विकास, शिक्षाको विकास, पर्यटनको विकास, प्रकृतिको विकास, युवा उद्यमशीलता विकासमा आफ्नो सिर्जना प्रस्तुत गरी सकेका पराजुलीले क्षेत्रगत विकासबादी संगीत पेश गर्दै आइरहेका छन् ।

साहित्य कला र संगीतको माध्यामबाट समृद्धि संभव छ र प्राविधिक गीतलाई संगीतको मद्धतले हरेक मानिसले आफ्नोे मनका गीत बनाउन सके भने मात्र समाजको रुपान्तरण सम्भव छ भन्ने लक्ष्यका साथ पराजुलीले विकासबादी संगीतको धार पक्रिएर निरन्तर सांगितिक यात्रामा सक्रिय छन् ।

सूचना प्रविधि क्षेत्रका लाखौ युवा युवतीहरुलाई उर्जा, जोश, प्रेरणा र हौसला प्राप्त होस् र यस क्षेत्रमा आवद्ध सरोकारवालाहरुलाई समेत यस उद्योगको महत्वको विशेष बोध गराउने र सूचना प्रविधि क्षेत्रलाई समृद्धिको यात्रा तिर विकास गराउन सूचना र प्रविधि यो बोलको गीत पेश गरिएको सर्जक बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here