२ फागुन २०७७, काठमाडौं ।
प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’मा प्रेम गर्नेहरूले आफ्ना पार्टनरलाई विशेष गिफ्ट आइटम खोजिरहेका हुन्छन् ।
यसैलाई लक्षित गरेर विश्वमा छोटो समयमा तीव्र गतिमा आफ्नो बलियो सञ्जाल बनाउन सफल ‘रियलमी’ स्मार्टफोन ब्राण्डले भ्यालेन्टिन स्पेसियल आर्टिफिसियल इन्टेलिजेन्स डिभाइज (एआईओटी) गिफ्ट आइटमहरू प्रदान गरिरहेको छ ।
रियलमी एआई ओटी डिभाइजहरू केबल एक्सेसरिज मात्र नभएर मोबाइल फोनसँग लिंक गरेर सुन्दर अनुभूति गर्न सम्भव रहेको प्रयोगकर्ताहरूको अनुभव रहेको छ ।
रियलमी ब्यान्ड
हरेक व्यक्ति शारिरीक रुपमा फिट रहन चाहन्छन् । अन्य व्यक्तिलाई आकर्षण गर्न व्यक्तिको शारिरीक पर्फमेन्स पनिउ त्तिकै महत्वपूर्ण हुन्छ । रियलमी आफ्ना ग्राहकलाई फिट देखाउनका लागि सदा तत्पर छ । रियलमीको यसमा ‘हार्ट रेट सेन्सर’, ‘स्लीप क्वालिटी मोनिटर’, ९ स्पोर्ट मोडमा ‘आइडल अलर्ट’ तथा ‘इन्टेलिजेन्स स्पोर्ट ट्र्याकर’ राखिएको छ । यस्तै आईपी ६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो ब्राण्ड पानी, फोहर तथा धूलोमा खसेमा पनि केही बिग्रिदैन ।
स्वास्थ्य ट्र्याक गर्नुका साथै यसको प्रिमियम र न्यूनतम बोर्डरलेस डिजाइनले सेवा ग्राहीलाई स्टाइलिस समेत बनाउने कम्पनीको दाबी छ । ०.९६ इन्च कलर स्किन रहेको यो ब्यान्ड वातावरणमैत्री पोलिमर सामाग्रीबाट बनेको छ जसको तौल केबल २० ग्राममात्र रहेको छ । यसमा ५ युनिक डिस्प्ले रहेको छ ।
रियलमी बड्स एयर
हुनसक्छ तपाईँ कुनै न कुनै समयम अ-आफ्नो पार्टनरसँग संगीतका कारण जोडिनु भएको छ, हुन सक्छ तपाईँको पार्टनरलाई संगीत मन पर्छ । त्यसो हो भने भने तपाईँ आफैले सेलेक्ट गरेर पठाएको संगीत उत्कृष्ट हुन सक्छ । तर यो भन्दा बडिया तपाईँको पार्टनरले पनि तपाईँकै जस्तै अनुभूति गरिरहेको थाहा पाउँदा हुन्छ । रियलमी उत्कृष्ट ट्रू वाइरलेस स्टेरियो (टीडब्लूएस) को विशेषता पनि यसमा रहेको छ । रियलमी बड्स एयर केबल ४.३ ग्राम तौलका साथ उपलब्ध रहेको छ । एक पटकमा निरन्तर १७ घण्टासम्म प्लेबेक म्युजिकका रुपमा काम गर्न सक्ने क्षमता यसमा रहेको छ । अटो कनेक्सन, स्मार्ट इन–इयर डिटेक्सन, बिल्ट–इनगुगल असिस्टेन्ट तथा टच कन्ट्रोल लगायतका विशेषताहरु यसमा रहेका छन् ।
रियलमी घडी ‘वाचएस’
‘रियलमी वाच एस’ घडीले रियलमी ब्याण्डले गर्ने सबै काम सहित अन्य फिचर्सहरु पनि प्रदान गरेको छ । १.३ इन्च लम्बाईको डिस्प्ले रहेको यस घडीले कोठा भित्र मात्र नभए बाहिरी वातावरणमा पनि सहज तरिकाले हेर्न सकिने सेवा दिएको छ ।
यसको डिस्प्लेमा अमेरिकी ग्लास्मेकर कम्पनीले निर्माण गरेको कडा खालको कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ । आईपी ६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो घडी पानी र फोहोरमा खसे पनि घडीमा कुनै असर देखिदैन । कम्पनीले यस घडीमा १०० भिन्न प्रकारको डिजाइनमा बनेको डिस्प्ले राखेको छ । यस घडीमा विशेष सेन्सर पनि राखिएको छ, जसले रगतमा हुने अक्सिजनको मात्रा मापन गर्ने भएकाले ग्राहकको स्वास्थ्य निगरानीमा पनि यसले सहयोग पु¥याउँछ।
१६ स्पोर्टस ट्र्याकिङ मोड, स्लिप मोनिटर, ड्रिङ्किङ रिमाइन्डर र ध्यान / योग तथा आरामको तालीका समेतको सुविधा यस घडीमा रहेको छ । रियलमी गुगल सँग घडीलाई लिंक गरेर फोन अनुसारको आफ्नो तालीका सँग जोडेर त्यस अनुसारको समय तालीका यसमा निर्देशित गर्न सकिन्छ । फोनको सम्पूर्ण नोटिफिकेसनहरु घडी मार्फत जानकारी पाउन सकिने हुँदा खल्तीमा भएको मोबाइलमा आएको एसएमएस, फोन लगायतको जानकारी घडी मार्फत नै लिन सकिन्छ । घडीमा भएको ब्याट्रीले निरन्तर १५ दिनसम्म काम गर्दछ ।
AIoT Device | Price | Available Colors |
realme Band | Rs 2,999 | Black |
realme Buds Air | Rs 6,999 | White |
realme Watch S | Rs 9,999 | Black |
टेक्निकल क्षेत्रमा लोकप्रियता बढ्दै गएपछि रियमलीले नवीनतम् ट्रेन्डहरू ल्याउनका लागि आफ्नै रियलमी डिजाइन स्टुडियो स्थापना गरेको छ । स्मार्ट एआईओटी उत्पादनको क्षेत्रमा रियमलीआफ्ना उत्पादन मार्फत ग्राहकलाई उत्कृष्ट अद्वित्तीय अनुभूति प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।