नाडा अटो शोमा इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्दै टिभिएस

TVS iQube Electric Scooter to be Launched in NADA Auto Show
TVS iQube Electric Scooter to be Launched in NADA Auto Show

२२ भदौ, काठमाडौँ ।

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुन गईरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्ने भएको छ। कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरुको दैनिक आवत–जावतलाई अझै सहज बनाउँदै  शहरी दैनिकीमा एउटा गेम चेन्जरको रुपमा स्थापित हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल शहरी गतिशीलताप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । आकर्शक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक शहरका सचेत नागरिकहरुको लागि आकर्षक मुल्यमा नवीनतम् विकल्पहरु प्रदान गर्ने उद्धेश्यले हामीले  टिभिएस आईक्युब नेपाली बजारमा ल्याएका हौँ।”

३ किलोवाटको बलियो बिएलडिसि हब मोटरको प्रयोग गरिएको यस टिभिएस आईक्युबको पर्फरमेन्स उत्कृष्ट  रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार  ४.४० किलोवाटको अधिकतम् पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले  आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पीड र एजिलिटि प्रदान गर्दछ। यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घण्टा रहेको छ ।

कम्पनीका अनुसार टिभिएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ । ५ घण्टामा १००% सम्म चार्ज हुन सक्ने टिभिएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ। चालकहरुले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन् । ४.४० को पिक पावर र १४० एनएमको पिक टर्क रहेको यस टिभीएस आईक्युबले साघुरो सडक ट्राफिकमा पनि सजिलोसँग एक्सिरेलेट गर्न सक्छ ।

कम्पनीले भनेको छ ‘टिभिएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ । ५ घण्टामा १००% सम्म चार्ज हुन सक्ने टिभिएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ । चालकहरुले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन् । ४.४० को पिक पावर र १४० को पिक टर्क रहेको यस टिभिएस आइक्युबले साँघुरो सडक र व्यस्त ट्राफिकमा पनि सजिलोसँग एक्सिलरेट गर्न सकिन्छ ।’

कम्पनीका अनुसार आईक्युबमा टिभिएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्छ छ । चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कल÷एसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचरहरु पनि यस स्कुटरले प्रदान गरेको छ । स्कुटरको ७ इन्चको मल्टीफङ्सनल स्क्रिनले सबै स्मार्ट कनेक्ट फिचरलाई सहज कार्यान्वयनमा मद्दत पु¥याउनेछ ।

कम्पनीले भनेको छ ‘रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको हुँदा टिभिएस आईक्युबको यात्रा सहज हुनुको साथै उर्जा पनि कम खपत हुन्छ । त्यस्तै यात्रुलाई अझ बढी सुविधा प्रदान गर्न यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एबजरबर सस्पेन्सन प्रयोग गरिएको छ । यस टिभिएस आईक्युबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको छ । त्यस्तै यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हल्का र युजर–फ्रेण्ड्ली रहेको छ ।’

यो नयाँँ टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटर नाडा अटो शोभरि टिभिएसको स्टलमा प्रदर्शन गरिनेछ । सहभागीहरूले स्टलमा आएर यसका सुविधाहरू एक्सप्लोर गर्ने र टेस्ट ड्राईभ गर्ने अवसर समेत पाउनेछन् । टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटर वातावरणप्रति सचेत आधुनिक शहरी यात्रुहरुको लागि व्यवहारिक छनोट भएको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here