टिभिएस कल्टको दोस्रौ सफलतापूर्वक राइड सम्पन्न

TVS Cult's second successful

 २१ असार, काठमाडौं।

टिभीएस मोटर नेपालको एकमात्र आधिकारिक जगदम्बा मोटर्सल आफ्ना सम्मानित ग्राहकहरूका लागि दोस्रो वार्षिकोत्सव यात्रा, असार १५ तारिख शनिबार, टिभीएस शोरूम ब्रदर्स आटो पोइन्ट ज्ञानेश्वरबाट सुरु भई बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्टमा सफलतापूर्वक सम्पन्न ग¥यो जस्मा ६० जना विविध क्षेत्रबाट आएका राइडरहरुको सहभागिता थियो।

यसमा सहभागी एक मात्र महिला राइडर , रोनीशा महर्जन पनि थिइन्, जसले यस यात्राको सम्पूर्ण रूपमा मज्जा लिइन्। उनि भन्छीन, “यो केवल सवारी मात्र नभई एक उत्सवमय यात्रा थियो।

”यो कार्यक्रम  असार १५ को संयोगमा परेको थियो, जुन रोपाइँ दिवसको रूपमा पनि मनाइन्छे। चुनिखेल, १०, बुढानीलकण्ठ बासिन्दाले राइडरहरूलाई “धान रोपाइँ कार्यक्रम“ को निम्तो दिँदै बुढानीलकण्ठमा उत्सवमय वातावरण थपेकोे थियो।

यात्रामा २३ देखि ५५ वर्ष उमेरसम्मका विविध समूहका सहभागीहरू थिए, जसले नक्सालदेखि बुढानीलकण्ठसम्मका यात्रा भारी वर्षाका कारण  चुनौतीपूर्ण थियोÞ । सुरक्षालाई प्राथमिकता दिइ, मार्शल मिलन घिमिरेले सुरक्षा सवारी गियरको तालिम प्रदान गरे।

यो यात्रा अपाचे र रोनीन सवारहरूले अपनाएको संस्कृति, जीवनशैली र यात्रा दृष्टिकोणको प्रमाण थियो, जसले सबै सहभागीहरूमा स्थायी छाप छोड्यो।

रोनीन कल्ट  समुदाय लगातार बढिरहेको  जानकारी छ, हालसम्म  यस  समुदायले ४,०० भन्दा बढी   सवारहरूको सदस्यता पाएको छ।

यसको अगाडि र पछाडि रहेको डुअल–च्यानल एबीएस सहितको डिस्क ब्रेकको साथ, रोनिनले जुनसुकै मौसम र जस्तोसुकै भूभागहरूमा उत्कृष्ट स्टपिङ पावरसंगै राइडरको सुरक्षा सुनिश्चित गर्दछ। यात्रामा राइडरहरूले टिभिएस रोनिनलाई लामो यात्राका लागि आरामदायी र भरपर्दो सवारी साधनको रूपमा आफ्नो विश्वास व्यक्त गरेका थिए ।

यसको उच्चतम २२५ सीसी सिंगल–सिलिन्डर इन्जिनले बलियो टर्क र सहज पावर डेलिभरी प्रदान गर्दछ, जसले यसलाई शहरी र लामो दुरी दुवै यात्रा लागि उपयुक्त बनाउँछ।

यसमा समावेश उत्कृष्ट विशेषताहरूका साथ, उत्कृष्ट निर्माण र स्टाइलिश रेट्रो–आधुनिक डिजाइनकोले यसलाई  मोटरसाइकल मात्र नभई हरेक यात्राको एक विश्वसनीय साथी भनाउँछ ।

जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस ब्रान्डका दुई पाङ्ग्रे सवारी साधन ब्रान्डमा पूणर्स्थापित छ ।

यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ राइडर फ्ल्याग शिप मोडेलको रुपमा टिभिएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन् ।

यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ ।

जगदम्बा मोटर्स प्रा. लिमिटेडको १४० भन्दा बढी घक् डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाण्डौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here