ट्राफिक नियम उल्लङ्गन गरे बापतको जरिवाना connectIPS प्रणाली मार्फत भुक्तानी

connectIPS e-payment
Share It On:

२१ माघ  २०७७, काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत ट्राफिक नियम उल्लङ्गन गरे बापतको कसुरमा बुझाउनु पर्ने जरिवाना रकम अब connectIPS प्रणाली मार्फत बैंक खाताबाट अन्लाईन नै गर्न सकिने कार्य महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रम मार्फत आज शुभारम्भ गरिएको छ । उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक  जनक भट्टराई तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत  नीलेश मान सिहं प्रधानबाट हस्ताक्षर भएको छ ।

उक्त भुक्तानीको लागि सेवाग्राहीले www.connectips.com मा लग इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी Dashboard मा रहेको “सरकारी भुक्तानी” भित्र “नेपाल ट्राफिक पुलिस” छनोट गर्नुपर्ने हुन्छ । त्यस पछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी सजिलै भुक्तानी गर्न सकिन्छ । यसरि गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सिधै जम्मा हुन्छ भने ट्राफिकको सिस्टममा पनि उक्त भुक्तानीको विवरण जान्छ ।

ट्राफिक जरिवानाको भुक्तानी अन्लाईनबाट भए लगतै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकम जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने यस सेवालाई आगामी दिनमा एनसीएचएलमा आबद्ध बैंक वित्तिय संस्थाका मोबाईल÷इन्टरनेट बैंकिङ्ग एवम् अन्य आबद्ध एक्एरध्बििभत मार्पmत पनि भुक्तानी गर्न सकिने गरी विस्तार गरिने जनाइएको छ ।

connectIPS  e-payment प्रणालीमा ५३ बैंक तथा वित्तिय संस्थाहरु सदस्यको रुपमा आबद्ध रहेका छन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको विभिन्न निकायहरु, महालेखा परीक्षक कार्यालय, आन्तरिक राजस्व कार्यालय, लोक सेवा आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय, राहदानी विभाग, नेपाल राष्ट्र बैंकको परिक्षाको आवेदन शुल्क, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका निकायहरुको भुक्तानी संकलन तथा भुक्तानीका कारोबारहरु हुदै आएका छन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *