मिस यूनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को अडिसन सम्पन्न

Top 35 Contestants Miss Universe
Share It On:

१५ साउन काठमाडौं ।

मिस यूनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धिको अडिसन सम्पन्न भएको छ । हिल्टन काठमाडौँमा आज आयोजित अडिसनमा प्रिलिमिनरी राउण्डबाट छानिएका ६० जना मध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाको लागि छनोट गरिएको हो ।

अडिसनको निर्णायक मण्डलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका थिए ।

त्यस्तै मिस यूनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका सिइओ एवम् प्रेसिडेन्ट सबी पुरीले निर्णायकको रुपमा अडिसन लिएका थिए ।

अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने अनलाइन मार्फत सहभागिता जनाएका थिए ।

अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू लगायत डाक्टर, इन्जिनियर, पाइलट जस्ता विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो ।

आजको फिजिकल अडिसनमा उपस्थित हुन नसकेका केही गैर नेपाली महिलाहरुको भने अनलाइनमार्फत अडिसनमा लिइने आयोजकले जानकारी दिएको छ ।

अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धिको नतिजा ३ दिन पश्चात मिस यूनिभर्स नेपाल २०२४ को आधिकारिक सामाजिक सन्जालमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ ।

अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीहरुले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् ।

उनीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिंग, आर्थिक व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाइन्छे ।

मिस यूनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्वरमा मेक्सिकोमा हुने मिस यूनिभर्स २०२४ को लागि १०० देशका प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *