थुलुङदुधकोशी – एम्बुलेन्स सेवा सुरु, सुत्केरी देखि जेष्ठ नागरिक सम्मलाई निशुल्क सेवा

Thulungdudhkoshi Ambulance

२४ साउन, काठमाडौं ।

थुलुङ दुधकोशी गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आएको छ । स्थानीय नागरिकबाट सहयोग संकलन गरि दुधकोशी सामुदायिक अस्पताल निर्माण गरेको गाउँपालिकाले यहि महिना देखि एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याएको हो ।

मुक्लीमा सञ्चालित अस्पतालमा एमडीजीपी डक्टरको समेत यहि महिना नियुक्ती गरेको पालिकाले जिल्लामै उत्कृष्ट स्वास्थ्य सेवा दिने नीति लिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताउँनुभयो ।

जिल्लाका नागरिक सामान्य उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नको लागि पुर्वाधार, उपकरण र चिकित्सकको व्यवस्था गरिएको पालिकाले जनाएको छ ।

अब देखि गाउँपालिकाका मातहतमा ल्याइ उक्त अस्पताल सञ्चालन गर्ने गरि कार्यपालिकाबाट निर्णय समेत गरिएको प्रवक्ता कार्कीले बताउँनुभयो ।

सुत्केरी देखि जेष्ठ नागरिक सम्मलाई निशुल्क सेवा

गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स मार्फत सुत्केरी महिलाले निशुल्क सेवा प्राप्त गर्ने भएका छन् । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार सुत्केरी र जटिल अवस्थाका गर्भवति महिला, ८० वर्ष माथिका जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएकाहरुलाई निशुल्क सेवा दिइनेछ ।

एम्बुलेन्स सञ्चालमा आएसंगै यहाँका नागरिकले सहजताको महशुस गरेका छन् । यस अघि महङ्गो भाडा तिरेर अन्य गाडी रिजर्व गर्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीवासीको प्रतिक्रिया छ ।

नागरिकको हितमा काम गर्नु सरकारको दायित्व भएकाले सोही अनुसार नीति निर्माण गरि काम गरिरहेको पालिका अध्यक्ष असिम राईले बताउँनुभयो । जुनसुकै क्षेत्रको निर्णय गर्दा आफ्ना नागरिकलाई केन्द्रमा राखेर गरिएको उहाँको भनाई छ ।

थुलुङ दुधकोशी गाउँपालिका अन्तरगत मुक्ली स्वास्थ्य चौकीद्धारा सञ्चालित एम्बुलेन्सले दुइ जना सुत्केरी महिलालाई सेवा समेत दिइसकेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

यदि आवश्यक परेको अवस्थामा चालक कृष्ण बहादुर बस्नेत ९८६३९५१४२० वा दुधकोशी सामुदायिक अस्पतालमा सम्पर्क गर्न सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here