एनसेलले तिर्‍यो ४ अर्ब ६० करोड पुँजीगत लाभ कर, अझै साढे १४ अर्ब रुपैयाँ बाँकी

Ncell main logo
Share It On:

बुधबार, चैत १९, २०७६

एनसेलले पुँजीगत लाभकर बापत थप चार अर्ब ६० करोड तिर्‍यो, बाँकी तिर्न बैंकहरुसँग ऋण लिँदै। दूरसंचारसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई पुँजीगत लाभकरबापत ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ । मंगलबार एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री बापतको लाभकर ठूला करदाता कार्यालयमा बुझाएको हो ।  ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले दिएको जानकारी अनुसार एनसेलले यसअघि चार अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो ।

पूर्णपाठमा एनसेलले अब लाभकर बापत २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपियाँ बुझाउनुपर्ने उल्लेख छ । यसबाहेक कानुन बमोजिमको ब्याज समेत कम्पनीले बुझाउनुपर्ने पूर्ण पाठमा समेटिएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *