लोकसेवा आयोग र चाटर्ड एकाउन्टेंन्सी परिक्षाको तयारी अब घरबाट  

Khalti and Ottish partnership on facilitating payment facilities on competitive online courses
Khalti and Ottish partnership on facilitating payment facilities on competitive online courses

बुधबार, चैत १९, २०७६

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण र हाम्रो सुरक्षाको लागि सरकारबाट घोषणा गरिएको तत्कालको लकडाउनको अवस्थाले हामी सबैको जनजीवन प्रभावित भएको छ | “तत्कालको गाह्रो अवस्थाले नै भविष्यमा हाम्रो अवस्था अझै मजबुत बनाउने” कुरामा सबैको विश्वाश भएकोले नै आफ्नो परिवार सहित हामी सुरक्षाका विभिन्न उपायहरु मनन गर्दै लकडाउनलाई पूर्ण पालना गर्दैछौ |

अहिलेको अवस्थालाई मध्यनजर गर्दै यो लकडाउनको समयलाई प्रभाकारी बनाउन तपाईले रोज्नु भएको विभिन्न विधाका तयारी कक्षा अनलाईन माध्यमबाट नै तपाई कै समयमा तपाई कै घरमा प्रदान गर्नको लागि हामीले OTTISH प्लेटफर्म मार्फत तपाई समक्ष आएका छौ | सरकारको मुख्य उद्देश्यहरु मध्ये डिजिटल प्रविधि पनि एउटा रही आएको कुरा र अहिलेको यो अवस्थालाई फलदायी बनाउन परम्परागतमा आधारित शैक्षिक क्षेत्रलाई हामीले डिजिटलाईज गर्न सुरु गरेको सानो प्रयासलाई तपाईहरुले मन पराउनु हुनेछ भन्ने कुरामा पनि विश्वाश राखेकाछौ |

बिजहब आई.टि. सर्भिस प्रा.लि. को OTTISH प्लेटफर्म मार्फत शैक्षिक सामग्रीहरु प्रदान गर्न हामीले भुक्तानी सेवा प्रदायक कम्पनी स्प्यारो पे प्रा.लि. को “खल्ती – डिजिटल वालेट” संग सहकार्य गर्दै सेवाको पहुँच सबै समक्ष सजिलो र भरपर्दो तरिकाले पुर्याउन सक्नु हामीले लक्ष्य राखेका छौ | विज्ञहरुद्वारा त्यार पारिएका शैक्षिक सामग्रीहरुलाई  भिजुअल लर्निंगमा विशेष ध्यान पुर्याउदै परम्परागत तरिकाले संचालित शैक्षिक संस्थाहरु भन्दा ७५% न्यून शुल्कमा नै तपाईलाई आउने परिक्षाको लागि त्यार गर्ने जिम्मेवारी हाम्रो हो |

Ottish मार्फत थप २५% सम्मको छुट सहित खल्तीबाट भुक्तानी गर्दा थप रु. १०० सम्मको क्यास व्याक पाउनुहोस र आफ्नो समय, पैसा र यो अवस्थालाई प्रभावकारी बनाउनुहोस् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here