एनसेलले तिर्यो ४ अर्ब ६० करोड पुँजीगत लाभ कर, अझै साढे १४ अर्ब रुपैयाँ बाँकी
बुधबार, चैत १९, २०७६
एनसेलले पुँजीगत लाभकर बापत थप चार अर्ब ६० करोड तिर्यो, बाँकी तिर्न बैंकहरुसँग ऋण लिँदै। दूरसंचारसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई पुँजीगत लाभकरबापत ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ । मंगलबार एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री बापतको लाभकर ठूला करदाता कार्यालयमा बुझाएको हो । ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले दिएको जानकारी अनुसार एनसेलले यसअघि चार अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो ।
पूर्णपाठमा एनसेलले अब लाभकर बापत २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपियाँ बुझाउनुपर्ने उल्लेख छ । यसबाहेक कानुन बमोजिमको ब्याज समेत कम्पनीले बुझाउनुपर्ने पूर्ण पाठमा समेटिएको छ ।