किन दूरसञ्चार प्राधिकरण टेरामोक्स  प्रविधि कार्यान्वयन गर्न चाहन्छ ?

 १८ साउन, काठमाडौं ।

दूरसञ्चार सेवामा हुने अपराधिक क्रियाकलापको निरीक्षण र न्युनीकरण गर्न तथा  टेलिकम कम्पनीहरूबाट भइरहेको सम्भावित राजस्व चुहावट रोक्न, भीओआईपी कल बाइपास नियन्त्रण गर्न र सेवाको गुणस्तर मापन गर्न भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली TERAMOCS स्थापना गर्न लागेको बताएको छ ।

दूरसञ्चार ऐन,२०५३ को दफा १७ अनुसार ननयमनकारी ननकायले वववरण सलने अनुगमन नियमन गर्न पाउने अधिकार प्रयोग गरी उपरोक्त प्रणाली जडान गरी दरूसंचार कम्पनीहरुको घट्दो राजस्व को कारण पत्ता लगाई सेवाको गुणस्तर वृद्धि तथा VOIP जस्ता अपराधिक क्रियाकलापहरु रोक्ने /पहिचान गर्ने कार्यमा यस प्रणालीले सहयोग गर्नेछ ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको बार्षिक आय घटीरहेको ,कम्पनीको नेटर्वकको विस्तार रग्राहक संख्यामा वृद्धि हुदै गर्दा पनि आम्दानी घट्नेक्रम जारीरहेको ,पटक पटक कम्पनीहरुकोसेवा अवरुद्ध हुने गरेको तथा सेवाको गुणस्तर सम्वन्धमा विभिन्न क्षेत्रबाट प्रश्नहरु उठिरहेको र प्राधिकरणको तर्फ बाट गुणस्तर एकिन गर्न नमुना Drive Test गर्दा समेत सेवाको गुणस्तर सन्तोषजनक नरहेको पाइएको अवस्थामा ग्राहक को सेवा पाउने आधिकार तथा नेपाल सरकारले गुमाई रहेको अरबौको राजश्वको रोक थाम गर्नुका साथै भबिश्यमा राज्य ले आपनाउनुपर्र्ने निती नियमको तर्जुमा गर्नको लागि पनी TERAMOCS SYSTEM जडान गर्न लागीएको प्राधिकरणकाे भनाइ छ ।

२०७४।७५ को अम्दानीको तुलनामा २०७८।७९ मा करिब २१ अरब बार्षिक रुपमा कमि आएको हुदा के कती कारणले आम्दानीमा कमी अएको हो भन्ने सत्य तथ्य पत्ता लगाउन पनी यस प्रबिधिको जडान गर्न आवश्यक देखिएको हो । विसं. २०६८ बाट २०७६ सम्मको केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी)को तथ्यांक अनुसार नेपलमा कल बाइपासबाट मात्र १२ अर्बभन्दा पनि धेरै आम्दानी गुमेको देखिन्छ । सीआईबीको पहुँच बाहिरको विवरणको कुनै हिसाबकिताब हुन सकेको छैन । यस्तो अवस्थामा वास्तविकता पत्ता लगाउन यो प्रणाली जडान गर्न अत्यावश्यक देखिएकाे नियामक प्राधिकरणकाे ठहर छ ।

TERAMOCS कस्तो प्रविधि हो ?

TERAMOCS प्रणाली पुर्ण विकसित दूरसञ्चार क्षेत्रमा हुने Fraudulent Activities, Voice तथा Data Services को गुणस्तर मापन तथा अनुगमन र voice तथा Data को  Total Volume परिक्षण गर्ने प्रविधि हो ।

यस परियोजनाको मुख्य उदेश्य voice तथा Data सेवाको (QOE & QOS) गुणस्तर वद्धि गरी ग्राहकलाई अधिकत्तम सेवा प्रदान गरी प्रति प्रयोग कर्ता औसत राजस्व (RPUE) लाई सुधार गरेर टेलिकम राजस्व बढाउन मद्दत गर्नु हो ।​

दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय तथा भरपर्दो बनाई दूरसञ्चार प्रविधिमा हुने नयाँ प्रविधिको विकास अनुसारको प्रविधि उपयोगको सुनिश्चित गर्न तथा यसकाे नियमनका लागि दूरसाञ्चर प्राधिकरणले टेरामाेक्स स्थापना गर्ने याेजना ल्याएकाे हाे । यसबाट दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवाप्रदायकहरूको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर बढाउन सकिने प्राधिकरणकाे भनाइ छ ।​

यसले अपरेटरहरु द्वारा निक्रियोल गरीएको ट्राफिक भोल्युम सही र पुर्ण रुपमा भए नभएको यसलेअपरेटरहरु द्वारा निक्रियोल गरीएको ट्राफिक भोल्युम सही र पुर्ण रुपमा भए नभएको सुननिश्चित गर्दछ । Fraudulent Activities (Call bypass) क्रियाकलाप बाट हुने करोडौको राजस्व चुवावट लाई रोकी नेपाल सरकार को समग्रमा राजस्व उठाउन मद्धत गर्दछ ।

टेलिकम अपरेटरको ग्राहकको संख्या बढदै जाने, भ्वाइस डेटाको प्रयोग बढ्दै जाने तथा सेवाको विस्तार हुँदै जाने, तर आम्दानी घटिरहेकाे अवस्थामा टेरामाेक्सले वस्तुगत विवरण बाहिर ल्याउनेछ ।

अर्काेतर्फ दूरदराजका दूरसञ्चार सेवाका ग्राहकले गुणस्तरीय सेवा नपाउने, हप्तौंसम्म टेलिकम अपरेटरले बिग्रिएका सेवा सुचारु नगर्ने, बेलाबेलामा टेलिकमको बिलिङ सिस्टममा वास्तविक वा कृत्रिम समस्या आउनु वा समयमै बिलिङ सिस्टम परिवर्तन/अपग्रेड नगर्दा ‘अन्डर बिलिङ’ हुन गई राजस्वमा घाटा व्यहाेर्नुपर्ने स्थिति छ । यस्ता समस्या र बेथितिलाई नियमन गर्न टेरामाेक्स प्रविधि उपयाेगी हुने प्राधिकरणकाे भनाइ छ ।

TERAMOCS को विषयमा थप जानकारीका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको सूचनाका लागि यहाँ क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here