दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ सोनी लाइभ र टेलिनेटबीच साझेदारी

Telenet with SonyLIV
Share It On:

२१ कात्तिक २०७८, काठमाडौं ।

सोनी पिक्चर्स नेटवर्कस् ईण्डियाको लोकप्रिय ओटीटी प्लाटफर्म, सोनी लाइभले टेलिनेट प्रालिसँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङ च्यानलमार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ।

यो ओटीटी प्लाटफर्म आईओएस, एण्ड्रोइड र वेवमा उपलब्ध छन् र यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रीमियम सामाग्रीहरुको ठूलो भण्डार समावेस रहेको छ। नेपालका ग्राहकहरुले www.gfsarena.com मा गई सोनी लाइभको सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट – ई–सेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सकिन्छ।

नेपालमा पहिलो पटक विश्वविख्यात अनडिमाण्ड ओटीटी प्लाटफर्म सोनी लाइभ टिभीले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा विस्तार गरेको हो। यो एक आधिकारिकवितरक– पुनविक्रेता हो।  सोनी लाइभका सव्सक्राइबरहरुले वेवसिरिज, चलचित्र, अन्तर्राष्ट्रिय सामाग्री, विशिष्ट खेलकुद सामाग्री, आदि यही प्लाटफर्ममार्फत हेर्न सक्ने छन्।

रमेश कर्पको इकाई टेलिनेट प्रा. लि. नेपालमा स्थापित आइटि कम्पनी हो जसले टेलिकम अपरेटरहरुलाई थप सुविधाका साथै एप्लिकेसन डेभलप्मेन्ट, क्लाउड कम्पयुटिङ्ग, एमहेल्थ र नेपालमा एसएमएस र टेलिभोटिङ्ग प्लाटफर्म उपलब्ध गराउँदछ ।

रमेश कर्प नेपालको एक अग्रणी कम्पनि हो र म्यानुफ्याक्चरिङ्ग डिभाईस, बैकिङ्ग तथा बीमा, खानी, जलविद्युत, सुचना प्रविधि, सवारी साधन र विद्युतीय उपभोग्य साधन जस्ता धेरै क्षेत्रहरुमा विस्तारित कम्पनीहरुको एक समूह हो ।

यस साझेदारीले नेपालमा दुवै साझेदारहरुको थप उपभोक्ता–केन्द्रित उद्देश्यहरुका लागि सँगै काम गर्न नयाँ आयामहरु सुनिश्चित गर्नेछ” टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवान्कुर सुद विश्वासका साथ भन्नुहुन्छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *