त्रिवि शिक्षण अस्पतालमा भोलिदेखि स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन हुने
१४ असार, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग (ओपीडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग (ओपीडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा आगामी असार १५ गतेदेखि पुनः सुरु गरिनेछ। यस निर्णयसँगै स्वास्थ्य बीमा गराएर शिक्षण अस्पतालबाट उपचार गराउँदै आएका सर्वसाधारण बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।।
अस्पतालले बीमा अन्तर्गतको ओपीडी टिकट वितरणको लागि समयसमेत निर्धारण गरेको छ। सूचनाअनुसार सेवाग्राहीले बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म तथा दिउँसो १ः०० बजेदेखि २ः३० बजेसम्म अस्पतालको बीमा टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्।
For More: Teaching Hospital Health Insurance