काठमाडौं महानगर विद्यार्थीलाई कम्प्युटर ल्याङ्ग्वेज ‘कोडिङ’ सिकाउँदै

Kathmandu Metropolitan City

२३ जेठ, काठमाडौं । 

काठमाडौं महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउन सुरु गरेको छ ।

महानगरले सूचना तथा प्रविधिको बढ्दो प्रयोग र दक्षताको आवश्यकतालाई मध्यनजर गर्दै कोड क्लब गठन गरी कम्प्युटर सिकाउन थालेको जनाएको छ ।

अहिले कोड क्लब महानगरका १४ वटा सामुदायिक विद्यालयमा सुरु भइसकेको छन । यसलाई विस्तार गरेर सबै सामुदायिक विद्यालयमा गठन गर्ने योजना रहेको महानगरले जनाएको छ ।

डिजिटल एन्ड वियोन्ड को सहकार्यमा डिजिटल शिक्षालाई हरेक विद्यालयमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ कक्षा ४ देखि ९ सम्मका विदार्थीलाई कोडिङ सिकाउन थालिएको महानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here