ग्राहकको गोपनीयतामा कुनै पनि सम्झौता हुन नदिने -नेपाल टेलिकम

NTC Data Roaming Tariff

२३ जेठ, काठमाडौं । 

नेपाल टेलिकमले ग्राहकको गोपनियतालाई सधै सम्मान गर्ने र यसको सुरक्षा र गोपनियतामा एकरत्ति पनि सम्झौता हुन नदिने प्रति सबै ग्राहक महानुभावहरुलाई आश्वस्त हुन अनुरोध गरेको छ।

राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरुले झैं कम्पनीले विवरणहरु उपलब्ध गराउने गरेको छ ।कम्पनीका सेवाहरु अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नु अनुरोध छ, कम्पनीले भनेकाे छ ।

पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ताहरु उल्लेख्य रुपमा बढिरहेको पनि कम्पनीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here