दुई दिने अन्तर्राष्ट्रिय स्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन सुरु

Share It On:

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा आज देखि दुई दिने अन्तर्राष्ट्रिय स्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ सुरु भएको छ । Sustainable development goals for smart society (स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य) नारा सहित ललितपुरको हिमालय होटलमा सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा भिडियो सन्देश मार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिकउ न्नतिका कुरालाई अपत्यारिलो ढंगले नलिन आग्रह गर्नुभयो । ‘अहिलेकै नेतृत्वबाट आर्थिक एवं प्राविधिक उन्नति सम्भव छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भर्खरै मात्र संसदबाट पारित भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले पनि सरकार प्रविधिलाई आत्मसात गर्न तयार छ भन्ने प्रस्ट पारिसकेको छ ।’ सूचना प्रविधिको पहँुच र प्रयोगलाई बृहत्तर बनाउने सरकारको सोच प्रस्ट रहेकाले ढुक्क भएर अघि बढ्न उहाँले सबै सरोकारवालालाई आग्रह गर्नुभयो । ‘सूचना प्रविधिका सबै क्षेत्र र स्टेक होल्डरलाई सरकारले चलायमान गराउनेछ, यसमा कुनै शंका नरहोस्,’ प्रधानमन्त्रीले भन्नुभयो ।
प्रविधि सम्मेलनको उद्घाटन गर्दैप्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचना प्रविधिको प्रयोग र विस्तारका लागि क्यान महासंघको प्रयास सराहनीय रहेको बताउनुभयो । ‘प्रविधि सम्मेलनबाट जे निष्कर्ष निस्किन्छ, त्यसबाट सरकारले लाभ लिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘प्रविधिको प्रयोग विस्तारका लागि सरकार क्यान महासंघ सहित सबै सरोकारवाल ानिकायसँग सहकार्य गरेर अघि बढ्न तयार छ ।’
त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले सरकारले सूचना प्रविधिको विकास र विस्तारका लागि दीर्घकालीन नीति तर्जुमा गर्नुपर्ने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्ष देखि इन्टरनेटमा लगाउन लागेको दूरसञ्चार सेवा शुल्कले ठूलो असर पर्न सक्नेतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा सुबिसु केबल प्रालि का अध्यक्ष सुधीर पराजुली, माइक्रोसफ्टका प्रबन्ध निर्देशक तथा युएन टेक्नोलोजी बैंक २०१७, दिगो विकास लक्ष्यका उपाध्यक्ष सोनियाबशिर कबिर लगायतले सूचना प्रविधिको प्रयोगका विषयमा आ–आफ्ना धारणा राख्नु भएको थियो ।
उद्घाटन सत्रमा क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले सूचना प्रविधिलाई आर्थिक वृद्धिको संवाहकको एउटा महत्वपूर्ण अंग ठान्दै स्थानीय तह सहित सबै किसिमका सार्वजनिक प्रशासन, व्यावसायिक क्षेत्र, सार्वजनिक एवं निजी सेवा, अभिलेख, तथ्यांक र वित्तीय कारोबारलाई विद्युतीय सूचना प्रविधिमा आधारित बनाउने सरकारी नीतिको क्यानमहासंघले प्रशंसा गरेको बताउनुभयो । ‘तर नीति बनाएर मात्र हुँदैन, त्यसको कार्यान्वयन कसरी हुन्छ, त्यो मुख्य कुरा हो,’ उहाँले भन्नुभयो, ‘सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्च महत्वदिएको हो भने त्यसका लागि दक्ष जनशक्ति उत्पादनमा पनि ध्यान दिनुपर्छ ।’
सम्मेलनमा नेपाल बैंक एसोसिएसनका आईटी कमिटी संयोजक सुजित श्रेष्ठले बैंकिङ सेक्टर एन्ड डिजिटल इकोनोमी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो भने इन्फो डेभलपरका प्रबन्ध निर्देशक उमेश रघुवंशीले टेक्नोलोजिकल ट्रान्सफर्मेसन इनकोअपरेटिभ्स सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै, प्रधानमन्त्री केपीशर्मा ओलीका सूचन ाप्रविधि सल्लाहकार असर अलीले आर्थिक विकासका लागि डिजिटल इकोनोमी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो ।
त्यस्तै, त्रिभुवन युनिभर्सिटीका एसिस्टेन्ट प्रोफेसर एवं गलीगलीक ानिर्देशक राजीव तिमल्सिना, नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीका प्राध्यापक रवीन्द्रप्रसाद ढकालले स्मार्ट सर्भिसेस सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । सम्मेलनमा काठमाडौं युनिभर्सिटीका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागका प्रमुख डा. मनिष पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारी लगायतले पनि सूचना प्रविधिको प्रयोगका विषयमा धारणा राख्नुभएको थियो ।
सम्मेलनमा सूचना प्रविधि, डिजास्टर रिस्क रिडक्सन र दिगो विकास लक्ष्यका विषयमा प्यानल डिस्कसन गरिएको थियो । प्यानल डिस्कसनमा श्रीलंकाली प्रतिनिधि दुलिपतिलकरत्ने, नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्द राज खनाल, डीआरआर एक्सपर्ट सन्तोष खनाल, नेपाल सरकारकाउप सचिव शंकरहरि आचार्य, हुवाईका प्रतिनिधि अगस्टिन चिउ, डिजास्टर रिस्क म्यानेजमेन्ट स्पेरियलिस्ट रामराज नरसिंहा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, बूढानीलकण्ठ नगरपालिका का प्रमुख उद्धव खरेल लगायतको सहभागिता थियो ।
समूहगत छलफलपछि स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थितिमा स्मार्टपालिका (स्मार्ट स्थानीयतह)निर्माणसम्बन्धी अवधारणापत्र तयार गरी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्य सम्बन्धित निकायहरुलाई हस्तान्तरण गरिनेछ ।साथै सहरी विकास मन्त्रालय अन्तर्गत Smart City को Master Plan बनाउने कार्यलाई प्रवर्धन गर्ने उद्देश्यले सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित योजना तर्जुमा गरी नेपाल सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने योजनासमेत छ ।
ललितपुरको होटल हिमालयमा जारी सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), यूएनडीपी, नेपाल पर्यटन बोर्ड, सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ASOCIO, -WITSA , क्यान यूएसए र माइक्रोसफ्टको सहयोग छ ।
कार्यक्रमको मुख्य प्रायोजक सुविसु केबल नेट प्रा लि हो भने सह–प्रायोजकमा मोटोरोला नेपालको आधिकारिक विक्रेतालाइ फकम प्रा लि रहेको छ । त्यस्तै, सम्मेलनलाई योमरी, ईसेवा, हुवावे, वल्र्ड लिंक, भायनेट, मर्कन्टायल, म्याक्स कनेक्ट प्रालि, डिजिकम, इन्फो डेभलपर्स, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी), शास्त्र नेटवर्क, एक्सेस वल्र्ड,लर्डबुद्ध एजुकसेन फाउन्डेसन र सारथीको प्रत्यक्ष सहयोग छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *