दुई दिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन हुने

सूचना प्रविधि प्रयोगको उच्चतम अभ्यासमा जुटिरहेको नेपाली समाजलाई थप सशक्त र अभ्यस्त बनाउने अभियानमा होमिएको कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले असार ३ र ४ गते (तद्अनुसार जुन १७ र १८ तारीख)  दुई दिने
अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ आयोजना गर्न लागेको छ ।

ICT CONFERENCE 2018

क्यान महासंघले यसअघिका सत्रौं संस्करणसम्म आईसीटी  कन्फ्रेन्सलाई क्यान इन्फोटेकको एउटा भागका रुपमा अघि बढाइ रहेकोमा यस वर्षदेखि विशेष प्राथमिकतासाथ अन्तर्राष्ट्रिय विज्ञ–विशेषज्ञ समेतको उपस्थितिमा छुट्टै कार्यक्रमको रुपमा आयोजना गर्न लागेको हो । Sustainable development goals for smart society (स्मार्ट सोसाइटीका लागि
दिगो विकास लक्ष्य)नारा दिइएको आईसीटी कन्फ्रेन्समा  नेपाल सरकारको पनि  उच्च स्तरिय  सहभागिता रहनेछ र सोही अनुसार कार्यक्रमको समुद्घाटन हुनेछ ।

कार्यक्रममा नेपाल सरकारका माननीय अर्थमन्त्री एवं अर्थविद् डा. युवराज  खतिवडाले दिगो विकासका लक्ष्यमा सूचना प्रविधिको प्रयोगतर्फ सरकारका तर्फबाट अहिलेसम्म भइरहेका प्रयास र सरकारले हालै सार्वजनिक गरेको आगामी
आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लिखित सूचना प्रविधिको प्रयोग र विस्तारसम्बन्धी विषयहरु कार्यान्वयन गर्नका लागि आगामी दिनमा चाल्ने कदमसहितको विस्तृत जानकारी दिनुहुनेछ भने चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश र दक्षिण कोरिया तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)का विषयगत विशेषज्ञहरुले पनि कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । २ दिन सम्म चल्ने आईसीटी कन्फ्रेन्समा विशेषज्ञहरुले पूर्वाधार, डिजिटल इकोनोमी, सुरक्षा र सेवातर्फ सूचना प्रविधिको प्रयोगको स्थिति, उपलब्धि र भावी योजनाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । साथै Smart Society,SDGs, सूचना प्रविधिका विज्ञ, नेपाल सरकारका प्रतिनिधि, राजनैतिक नेतृत्व, स्थानिय निकायका प्रतिनिधि तथा सम्बन्धित अन्य विज्ञहरुको सहभागितामा समूहगत उच्च स्तरिय छलफल समेत हुनेछ । समूहगत छलफलमा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थितिमा स्मार्टपालिका (स्मार्ट स्थानीय तह) निर्माणसम्बन्धी अवधारणापत्र तयार गरी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्य सम्वन्धित निकायहरुलाई हस्तान्तरण गरिनेछ ।

Press Meet of ICT Conference 2018

साथै शहरी विकास मन्त्रालय अन्तर्गत Smart City को Master Plan बनाउने  कार्यलाई प्रबर्धन गर्ने उद्देश्यले सुचना प्रविधिको क्षेत्र संग सम्बन्धित योजना तर्जुमा गरी नेपाल सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने योजना समेत रहेको छ ।ललितपुरको होटल हिमालयमा आयोजना हुने सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय,सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), यूएनडीपी, नेपाल पर्यटन बोडर्, सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ASOCIO, WITSA, क्यान यूएसए र माइक्रोसफ्टको सहयोग रहनेछ । कार्यक्रमको मुख्य प्रायोजक सुविसु केबल नेट प्रालि रहेको छ भने सह–प्रायोजकमा मोटोरोला नेपालको आधिकारिक विक्रेता लाइफकम प्रालि रहेको छ । त्यस्तै, सम्मेलनलाई योमरी, ईसेवा, हुवावे, वल्र्ड लिंक, भायनेट, मर्कन्टायल, म्याक्स कनेक्ट प्रालि, डिजिकम, इन्फो डेभलपर्स, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी), शास्त्र नेटवर्क, एक्सेस वल्र्ड, लर्डबुद्ध एजुकसेन फाउन्डेसन र सारथीको प्रत्यक्ष सहयोग छ । सूचना प्रविधिको उपयोग र विस्तारलाई विशेष महत्व दिएको सरकारका योजनामा आईसीटी कन्फ्रेन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here