सनराइज बैंकको Sunrise NRN Deposit  खाता संचालन 

Sunrise NRN Deposit Account

०६ चैत २०७६, काठमाडौं ।  

सनराइज बैंकले “सनराइज NRN Deposit Account” संचालनमा ल्याएको छ । विदेशमा बस्ने गैर आवासीय नेपालीहरुलाई केन्दित गरी ल्याइएको यस खातामा गैर आवासीय नेपालीहरुले विदेशमा कमाएको पैसा सनराइज बैंकमा FCY Fixed Deposit खाता खोल्न सक्नेछन् ।

जम्मा भएको सो रकम तोकिएको समय अवधि पछि विना झन्झट विदेशमा फिर्ता लान सकिनेछ । २ देखि ५ वर्ष अवधिको लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वार्षिक ४% ब्याज दिने व्यवस्था गरिएको छ ।

विदेशमा पाइने ब्याज भन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकहरुलाई नेपालमा पैसा राख्न आकर्षित गर्ने बैंकको विश्वास छ । यसको लागि विदेशबाटै online खाता खोल्ने व्यवस्था समेत रहेको बैंकले जनाएको छ । उक्त मुद्दती खाताको आधारमा ग्राहकहरुले ९०% सम्मको कर्जा समेत लिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here