सन्‌राइज बैंक बैंकको ‘Sunrise Care’ सुबिधा

Sunrise Care

२५ मंसिर २०७८, काठमाडौं ।

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियानलाई आत्मसाथ गर्दै सन्राइज बैंकले आफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधायुक्त अनलाइन प्लाटफर्म “Sunrise Care” सार्वजनिक गरेको छ ।

यस Sunrise Care प्लाटफर्म मार्फत सम्पुर्ण ग्राहक वर्गहरुले बैंकिङ्ग सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइनमार्फत नै लिन सक्नु हुनेछ ।

Sunrise Care बिभिन्न बैंकिङ्ग सुविाधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो  ।

जस मार्फत ग्राहक वर्गहरुले डेबिट कार्डको Online account opening, PIN re-issue Green PIN Change, Ecommerce Update, Credit Card Statement, EMI Request, Payment Option Change, Mobile Banking Block/Unblock  तथा अन्य धेरै सेवाहरुसगँ सम्बन्धी आवेदनहरु अनलाइनमार्फत नै दिन सक्नु हुनेछ ।

यसको लागि Sunrise Care को पोर्टल https://care.sunrisebank.com.np मा गई आफ्नो खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी सहजै आवेदन गर्न सकिने छ ।

डिजिटल प्रबिधिको उपयोगसंगै वर्तमान कोभिड १९ को परिप्रेक्ष्यमा ग्राहकवर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस बैंकले आफ्ना ग्राहकवर्गको सहजता र सुरक्षाको हेतु एक नविन अनलाइन बैंकिङ्ग प्लाटफर्म उपलब्ध गराएको हो ।

आगामी दिनहरुमा यस Sunrise Care मा अन्य बैंकिङ्ग सेवाहरु प्नि थप गरि यस प्लाट फर्मलाई अत्याधिनिक प्रविधियुक्त र प्रभावकारी बनाउदै लैजाने बैंकको उद्देश्य रहेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १,५०० भन्दा बढि पोइन्ट अफ सेल मर्चेन्ट नेटवर्क, १६० एटिएम, १३९ बटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आएको यस सन्राईज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी बैंक हो ।

यस अनलाइन प्लाटफर्म “Sunrise Care” ले आफ्ना सम्पूण ग्राहकहरुलाई थप लाभान्वित बनाउने आशा बैंकले लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहकमाझ ल्याउन सन्राइज बैंक प्रतिबद्घ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here