९ पौष, २०७६, काठमाडौं ।
आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायका साथ सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले आज (पौष ९) मा ताप्लेजुङ स्थित फुङलिङमा १२९ औं शाखा संचालनमा ल्याएको छ ।
बुधबार आयोजित उद्घाटन समारोहमा फुङलिङ नगरपालिकाका मेयर श्री क्षत्रपटी प्याकुरेल ज्यु र प्रमुख जिल्ला अधिकारी श्री डोरेन्द्र निरौला ज्युले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा श्री क्षेत्रपटी प्याकुरेल ज्युले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनुका निमित्त बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताउनु भयो । साथै श्री डोरेन्द्र निरौला ज्युले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आर्थिक विकासलाई अझै प्रभावकारी बनाउन आगामी दिनमा पनि यस क्षेत्रमा अझै बढी लगानी गर्नुपर्ने आवश्यता रहेकोे बताउनु भयो ।
हालसम्म सनराइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको छ ।