नालामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

काठमाण्डौं बैशाख १८।

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो २९ औँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा शुरू गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री शिबराज श्रेष्ठज्यूले एक समारोहका बीच गर्नुभयो । सो अवसरमा बनेपा महानगरपालिकाका अध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठ, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्न राज बज्राचार्यका साथै बैंकका अन्य उच्च पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि श्री अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भक्तपुर शाखाका प्रवन्धक श्री भिम नारायण श्रेष्ठले हस्तान्तरण गर्नुभयो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २९ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here