नेपालमा पहिलो पटक सफ्टवेयर मिट अप सम्पन्न

ICT FRAME Magazine Hosted First Ever Software Meetup in Nepal

२०७६ वैशाख १३ काठमाडौं ।

नेपालमा पहिलो पटक सफ्टवेयर मिट अप आयोजना, सूचना प्रविधि उद्योगको विविध आयामबारे चर्चा

नेपालमा पहिलो पटक सफ्टवेयर सम्बन्धि जानकारी दिने उद्धेश्यले सफ्टवेयर मिन अप आयोजना भएको छ । नेपालमा दिन प्रतिदिन सूचना प्रविधिको क्षेत्रमा नयाँ प्रयोग र विकास भईरहेको सन्दर्भ पारेर पहिलो पटक सफ्टवयेयर मिट अप आयोजना गरिएको हो । नेपालको सूचना प्रविधि तथा सफ्टवेयर उद्योगमा देखिएका विभिन्न समस्या, चुनौती र अवसरका विषयमा बृहतरुपमा चर्चा परिचर्चा गर्ने उद्धेश्य अनुसार आईसिटी फ्रेम म्यागाजीन र डिआईटी सोलुशनले संयुक्त रुपमा सफ्टवेयर मिट अप गरेका हुन् ।

Nepal Hosted First Software Meetup at Softwarica College

यहि वैशाख १३ गते आयोजना गरिएको सफ्टवेयर मिटअपमा सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्था तथा व्यक्तिहरुलाई एउटै थलोमा राखेर विभिन्न विषयहरुमा छलफल गरिएको थियो । यो कार्यक्रम नेपाली सफ्टवेयर उद्योगको विविध आयामहरुको बारेमा केन्द्रि रहेको थियो । कार्यक्रममा बोल्दै सुरेन्द्र न्यौपानेले नेपालमा सफ्टवेयर विकासमा अझै चुनौती रहेको र स्थानीय सफ्टवेयरलाई अझै बजारको समस्या रहेको बताए ।

‘नेपालमा अझैपनि विदेशी र विशेषगरि भारतीय सफ्टवेयरहरुको बर्चश्व रहँदै आएको छ र स्थानिय सफ्टवेयर उच्चस्तरको भएप नि सेवाग्राहीले प्रयोग गर्न चाहँदैनन्,’ उनले भने । न्यौपानेले नेपालमा अधिकांश विदेशी कम्पनीका सफ्टवेयरहरु प्रयोगमा रहेको भन्दै स्थानीय सफ्टवेयरको विकास गर्न विदेशी सफ्टवेयरको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने स्पष्ट पारे । त्यसैगरि कार्यक्रमकी अर्की वक्ता श्रीसा महर्जनले नेपाल कविताहरुलाई अन्तराष्ट्रिय माध्यममा लैजान सूचना प्रविधिको सहयोग उपयुक्त विधि रहेको जानकारी दिईन् । उनले नेपाली कविता र कविहरुलाई उनीहरुको श्रृजनालाई अनलाइन प्लेटफर्म मार्फत सिधै विश्व बजारमा चिनाउन प्रयास गरिरहेको बताईन् ।

अर्का सूचना प्रविधि उद्योग संचालन गरिरहेका युवा उद्यमी सुदिप घिमिरेले काठमाडौं बाहिर सूचना प्रविधिको उद्योग तथा कम्पनी संचालनमा निकै कठिनाई र अवरोधहरु रहेको आफ्ने अनुभव सुनाए । उनले मोफसलमा उद्योग खोल्दा सूचना प्रविधि क्षेत्रको लागि आवश्यक जनशक्तिको अभाव भएको भन्दै यो क्षेत्रका विज्ञहरु पनि काठमाडौं बाहिर जान नचाहेको दाबी गरे ।

 

विधाना अनलाइन प्लेटफर्मकी सेल्स हेड सरिता श्रेष्ठले अनलाइन मार्फत औषधी उपलब्ध गराउने स्टार्टअप कम्पनीको बारेमा जानकारी दिईन् । उनले अनलाइन सेवाको बिस्तारको संभावना निकै रहेको भन्दै आफ्नो कम्पनीले ग्राहकको मागअनुसार विधाना अनलाइन मार्फत घरमा नै औषधि पुर्याउने सेवा शुरु गर्न लागेको बताईन् । प्रभु पे डिजिटल वालेटको प्रायोजनमा सम्पन्न भएको सो सफ्टवेयर मिटअपले नेपाली सफ्टवेयर कम्पनी तथा उद्योगहरुलाई एकै थलोमा ल्याउने प्रयास गरेको छ भने सूचना प्रविधि नीति निर्माताहरुलाई पनि पछिल्लो विकास र बिस्तारको बारेमा नीति बनाउन सहयोग गर्ने अपेक्षा आयोजकले गरेको छ ।

For more details: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here