पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

Subisu as an internet partner for Pokhara Premier League
Subisu as an internet partner for Pokhara Premier League

२५ मंसिर, २०७६, काठमाण्डौं

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सहभागिता जनाएको छ । सुबिसुका प्रमुख कार्यकारी अधिकृत श्री विनय मोहन साउद ज्यू र Queens Event Nepal का प्रबन्ध निर्देशक छुम्बि लामा एवम्ं नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काको उपस्थितिमा सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । नेपाली खेलकुदको विकास तथा खेलाडीहरु लाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ यस बर्ष पनि सुबिसुले यस खेलका लागि सहकार्य गरेको हो ।

प्रत्येक खेलमा उत्कृष्ट क्याचर “क्लियर टिभी क्लियर क्याच (Clear TV Clear Catch )” तथा “फास्टेस्ट फिफ्टी (Fastest Fifty)” लाई उपहार स्वरुप सुबिसु इन्टरनेट र क्लियर टिभी सेवा १ वर्षका लागि निशुल्क प्रदान गरिने छ ।

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet) , होलसेल आइ.पि ट्रान्जिट(Wholesale IP Transit), एम.भि.पि (MVP) ,डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here