ओपोको मल्टिपल एक्सेस स्मार्ट उपकरण ईकोसिस्टममा ७ बिलियन डलर लगानी गर्ने योजना

Oppo Build A Smart Device Ecosystem The Era Of Intelligent Connectivity

२५ मंसिर, २०७६, काठमाण्डौं

क्रिएट वियोन्ड बाउन्डरिज् थिम सहित ओपोले आजशन्(चन्मा ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगका लागिआफ्नो अन्तरदृष्टि र पहलहरु प्रदर्शित गर्दै ओपो ईन्नो डे २०१९ आयोजना गरेको छ । कार्यक्रम मार्फत ओपोले स्मार्ट वाचेज्, स्मार्ट हेडफोन्स, फाइभजी सीपीई, एआर ग्लासेज् लगायत आफ्ना स्मार्ट उपकरणहरुका साथै फ्ल्याश चार्जिङ, फाइभजी, ईमेजिङ र सफ्टवेयर अप्टिमाइजेसन लगायत क्षेत्रमा आफ्ना प्रमुख उपलब्धिहरु माथि पनि प्रकास पारेको थियो ।

भविस्यको प्रविधिका बारेमा थप जानकारी प्रस्तुत गर्नका लागि यो कार्यक्रमले उद्योगका विशेषज्ञ, कि अपिनियन लिडर्स, पार्टनर्स लगायतका लागि एक सटिक मञ्चका रुपमा काम गरेको छ ।‘फाइभजी अंगीकरण र एआईको ब्यापकताका साथमा कनेक्टिभिटी सर्वसुलभ हुने तगारोमा पुगेको छ ।

कनेक्सनको अवधारणा जग मात्र हो जबकी एकिकरण र बस्तुहरुका अभिसरण भने भविस्य हुने हाम्रो विश्वास छ । ईन्टेलिजेन्ट कनेक्टिभिटीको अवधारणलाई ४ प्रमुख भागमा विभाजन गर्न सकिन्छ । ती चार अभिन्न अंगमा प्रविधि र सेवाको अभिसरण, संस्थाको अभिसरण, संस्कृतीको अभिसरण र प्रविधि, कला र मानव जातीको अभिसरण पर्छन् ।’कि(नोट स्पिस प्रस्तुत गदैै ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छन्ले भने, ‘सुरुवात देखि नै ओपोको परिचय फोन निर्मातामा मात्र सिमित थिएन । वास्तवमा स्मार्टफोन्सले ओपोलाई आफ्नो बृहत प्राविधिक सेवाको पोर्टफोलियो थप सुलभ बनाउन सघाएको हो । ओपोका साथै समग्र उद्योग मै नितान्त स्मार्ट फोन्समा मात्र केन्द्रित सायदै कुनै कम्पनी होला ।’

ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगका लागि तीन प्रमुख रणनीति

आउँदो तीन बर्षमा फाइभजी/सिक्सजी, एआई, एआर, बिग डाटा र अन्य अग्रगामी प्रविधिहरुका साथै हार्डवेयर, सफ्टवेयर र प्रणालीका लागि मूल प्रविधि विकासका लागि छन्ले आरएमबी ५० बिलियन (करिव ७बिलियन डलर) आर एण्डडी बजेटको घोषणा गरेको छ ।

फाइभजीले प्रदान गर्ने अवसरहरु हात पार्न ओपोले तीन प्रमुख रणनीति कार्यान्वयन गर्ने योजना बनाएको छ । यसको सुरुवातका लागि कम्पनी विश्वकै अग्रगामी प्रविधि विकासका लागि मूल प्रविधि आर एण्डडी माथि प्रतिबद्ध रहने छ । दोस्रो, ओपोले स्मार्ट फोन प्रमुख गेटवेका रुपमा रहने गरी ईन्टेलिजेन्ट उपकरणका लािग मल्टि पोर्टल ईको सिस्टमको निर्माण गर्ने छ । त्यसैगरी तेस्रो रणनीतिका रुपमा ओपोले प्रयोग कर्ता सेवार सम्बन्धित सामग्री तथा सेवा प्रस्तावहरु माथि पुनर विचारलाई पनि निरन्तर्ता दिइरहने छ ।

शक्तिशाली र निजीकृत फाइभजी अनुभव प्रदान गर्ने सोचका साथ एकिकृत प्रविधि प्रणालीको निर्माण

‘नयाँ फाइभजी यूगमा, अग्रगामी प्रविधि र उपभोक्ताको मूल्य र मान्यता बाट बाट निर्देशित हुँदै ओपो प्राविधिक नवप्रबर्तन २.० (टेक ईन्नोभेसन २.०)तिर अग्रसर हुनेछ । प्रविधि र सेवाको अभिसरण अपरिहार्य हुँदै गएरहेको अवस्थामा ओपो अहिले उपकरण, डाटा, गणना, सेवा र परिदृष्य गरी पाँचै क्षेत्र समेटिने एकिकृत प्रविधिक मोडलको निर्माणमा जुटेको छ ।

फाइभजी र एआई प्रमुख पूर्वाधार तथा हाम्रो प्रमुख शक्तिका रुपमा रहेको यस मोडलले सबै प्रविधिहरु एकिकृत गर्दै हरेक परिस्थिती र अवस्थामा समग्र रुपमा समान प्राविधिक अनुभव प्रदान गर्नेछ ।’ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले आफ्नो कि(नोट प्रस्तुित मार्फत भने, ‘ओपोले ब्यक्तिगत सिनेरियो, भर्टिकल सिनेरियो र कन्भर्जेन्ट सिनेरियो समेतिएको ‘थ्री सर्कल सिनेरियो’ आत्मसात गर्दै आफ्ना भविस्यमा सार्वजनिक हुने उपकरणहरुका लागि योजना बनाउने छ ।’भविस्यमा स्मार्ट वाचेज्, स्मार्ट वायरलेस हेडफोन्स र फाइभजी सीपीई लगायत पनि सन् २०२०को पहिलो क्वार्टरमै सार्वजनिक गर्ने ओपोको योजना रहेको पनि उनले जानकारी दिए ।

पार्टनर्सहरुको सहकार्य मार्फत ईन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव

कार्यक्रम मार्फत ओपो र आईएचएस मार्किट, एक अग्रणी वैश्विक सुचना प्रदायकले संयुक्त रुपमा ‘ ईन्टेलिजेन्ट कनेक्टिभिटी अनलिसिङ अपर्चुनिटिज विथ द पावर अफ फाइभजी, एआई एण्ड क्लाउड’ शिर्षकको ह्वाइट पेपर पनि सार्वजनिक गरे । फाइभजीबाट शक्ति सञ्चारित ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगमा उद्योगका प्रचलन र सम्भावनाको नमुना प्रस्तुत गर्दै उक्त ह्वाइट पेपरले बौद्धिक र परिवर्तित ईकोसिस्टमका लािग सल्लाह तथा सुझाव प्रस्तुत गरेको छ ।

कार्यक्रममा ओपोले ‘फ्यूचर ईन्टिग्रेसन ईन फाइभजी वल्र्ड’ शिर्षक सहितको एक फोरमको आयोजना पनि गरेको छ । फोरमको प्यानलमा ओपोका चिफ फाइभजी साईन्टिस्ट हेनरी ट्याङ, चिर(परिचित वित्तिय लेखक तथा हाङझउ बाजीयूलिङ कल्चरल क्रिएटिभ को. लिमिटेड र लान्सिझी फाइनान्सियल पब्लिसिङ सेन्टर वु जियाबाओ, आईएचएस मार्किटका कार्यकारी निर्देशक टम मो¥रोड, माइक्रोसफ्ट (चाइना) नेसनल टेक्नोलोजी अफिसर क्विङ वेई, पेइचिङ यूनिभर्सिटीका प्रोफेसर ईन्डोड बोया र सेन्टर अन फ्रन्टियर्स अफ कम्प्यूटिङ स्टडिजका कार्यकारी निर्देशक छन् बाओक्वान र कन्टेक्स्ट ल्याबका संस्थापक शेङ वु लगायतले फाएभजीबाट सञ्चारित ईन्टेलिजेन्ट कनेक्टिभिटीका बारेमाआ -आफ्ना धारणा प्रस्तुत गरे ।

ईन्टेलिजेन्ट कनेक्टिभिटी र तिनको विकास चरण र चलनबाट प्राप्त अन्तरदृष्टि मार्फत आफ्नो प्राविधिक मार्ग चित्र निर्माण गर्दै प्राविधिक नव प्रबर्तनमा केन्द्रित हुँदै थप विकासका लागि ओपो प्रतिबद्ध छ । यसको मूल उद्देश्य आफ्ना स्मार्ट उपकरण ब्यवसायको दिर्घकालिन विकासका लागि तेवा पु¥याउँदै प्रयोग कर्तालाई अझ सटिक, सहज र सुलभ प्राविधिक अनुभव प्रदान गर्नु हो । ओपो कम्पनीको ‘बनफन’मा आधारित मूलभूत, मूल्य(मान्यताको पूर्ण पालना गर्दै उद्योग भरका आफ्ना पार्टनर्सहरु संग सहकार्य गर्दै सर्वपक्षिय फाइदाका लागि ईन्टेलिजेन्ट कनेक्टिभिटीको भविस्य अन्वेषण गर्नु पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here