रूपन्देहीमा IT पढ्ने सुनौलो अवसर: रेडियन्ट कलेजमा काठमाडौँ विश्वविद्यालय (KU) को BIT कार्यक्रम सुरु
१० असार, काठमाडौं ।
रूपन्देही र आसपासका क्षेत्रमा सूचना प्रविधि (IT) विषय पढ्न इच्छुक विद्यार्थीहरूका लागि एउटा खुसीको खबर छ। काठमाडौँ विश्वविद्यालय (KU) को स्कूल अफ इन्जिनियरिङ (KUSOE) द्वारा सञ्चालित प्रतिष्ठित चार वर्षे BIT (Bachelor of Information Technology) कार्यक्रम यसै शैक्षिक सत्रदेखि रूपन्देहीको तिलोत्तमास्थित रेडियन्ट कलेजमा सञ्चालन हुने भएको छ।
विगत दुई वर्षदेखि KU कै स्कूल अफ एजुकेशन (KUSOED) अन्तर्गत BTech Ed. IT कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको रेडियन्ट कलेजले यो नयाँ शैक्षिक सत्र (2026 Intake) देखि BIT कोर्ष सञ्चालनको सम्बन्धन पनि प्राप्त गरेको हो।
किन रोज्ने रेडियन्ट कलेज? ‘पढ्दै-कमाउँदै’ अवधारणा
रेडियन्ट कलेजले प्राविधिक शिक्षालाई कुरामा मात्र सीमित नराखी व्यवहारमै “पढ्दै-कमाउँदै, नवप्रवर्तन र स्टार्ट-अप” सँग जोडेको छ। कलेजका मुख्य विशेषताहरू यस प्रकार छन्:
२५+ भन्दा बढी IT कम्पनीसँग साझेदारी: कलेजले २५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूसँग सम्झौता गरेको छ।
Paid Internship को ग्यारेन्टी: विद्यार्थीहरूले दोस्रो वर्षदेखि नै पेड इन्टर्नसिप (Paid Internship) मार्फत कमाउँदै पढ्ने मौका पाउँछन्। हाल चौथो सेमेस्टरमा अध्ययनरत २५ भन्दा बढी विद्यार्थीहरूले तेस्रो सेमेस्टरदेखि नै विभिन्न कम्पनीहरूमा रिमोट वर्क (Remote Work) गरिरहेका छन्।
उत्कृष्ट शैक्षिक नतिजा: कलेजका BTech Ed. IT का विद्यार्थीहरूले पहिलो सेमेस्टरमा ३ जना र दोस्रो सेमेस्टरमा ५ जनाले Perfect 4.0 GPA ल्याएर विश्वविद्यालय टप गरी आफ्नो श्रेष्ठता प्रमाणित गरिसकेका छन्।
अतिरिक्त सीप विकास (Extra Training): कलेजका प्राचार्य श्री अनन्त पाण्डेका अनुसार, विश्वविद्यालयको पाठ्यक्रमका अतिरिक्त विद्यार्थीहरूलाई बजारको मागअनुसारको Hard Skills र Soft Skills सम्बन्धी व्यावसायिक तालिमहरू निरन्तर प्रदान गरिन्छ।
भर्नाका लागि योग्यता (Eligibility Criteria)
काठमाडौँ विश्वविद्यालयको IT कार्यक्रमहरूमा भर्ना हुनका लागि निम्न योग्यता आवश्यक पर्नेछ:
| कोर्ष (Course) | आवश्यक योग्यता (+2 / Equivalent) |
| BIT (Bachelor of IT) | PCM (Physics, Chemistry, Mathematics) वा PMCs (Physics, Mathematics, Computer Science) वा सोसरह उत्तीर्ण। |
| BTech Ed. IT | Science, Management, Education वा सोसरहको जुनसुकै संकाय उत्तीर्ण। |
विशेष नोट: कक्षा १२ को नतिजा पर्खिरहेका वा केही विषयमा NG (Not Graded) आएका विद्यार्थीहरू पनि KU को प्रवेश परीक्षा (Entrance Exam) मा सहभागी हुन सक्नेछन्।
शुल्क र भर्ना प्रक्रिया (Admission Process 2026)
रेडियन्ट कलेजका सह-प्राचार्य ई. प्रकाश पौडेलका अनुसार, कलेजले विश्वविद्यालयले तोकेको बाहेक कुनै पनि अतिरिक्त शुल्क लिने छैन। काठमाडौँ वा विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै स्थानीय स्तरमै सस्तो र गुणस्तरीय शिक्षा दिने कलेजको लक्ष्य छ।
शैक्षिक सत्र २०८३ (2026 Intake) को लागि सीमित सिटहरूमा भर्ना खुला भइसकेको छ। इच्छुक विद्यार्थीहरूले कलेज प्रशासनमा सिधै सम्पर्क राखेर वा रेडियन्ट कलेजको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
For more: Study ICT in Butwal


