अब ग्लोबल आइएमईको साना तथा मझौला व्यवसायी कर्जा तीन दिनमै
काठमाडौं, भाद्र ८।
ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरि रहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा (SME Loan) ३ दिन भित्र उपलब्ध गराउने भएको छ ।
कर्जा लिनका लागि धेरै समय लागि रहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितो रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरु लाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको हो ।
अब उक्त कर्जा लिन चाहने महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्रविना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।
लक्षित ग्राहक महानुभावहरुले यो कर्जा सुविधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका १४१ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा उपभोग गर्न सक्नुहुनेछ ।
यस सेवाअन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरु लाई विद्यमान व्यवसायवा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु ५ लाख देखि देखि रु ६ करोड सम्म ऋण उपलब्ध गराइने छ ।