सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक: ५०% सम्म छुट र क्यासब्याकको अवसर
२९ असोज, काठमाडौं।
सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा-एक्सचेन्ज धमाका’ सार्वजनिक! जुनसुकै ब्रान्डका पुराना ब्याट्री साट्दा ५०% सम्म छुट, लक्की ड्रमार्फत क्यासब्याक र निःशुल्क सर्भिसिङ पाउनुहोस्। अफर अक्टोबर १ देखि नोभेम्बर ३०, २०२६ सम्म लागू हुनेछ।
नेपालका लागि एक्साइड (Exide) ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले आउँदो दसैँ तथा तिहारको पावन अवसरलाई लक्षित गर्दै विशेष ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ।
चाडपर्वको खुसीलाई थप उत्साहजनक बनाउन कम्पनीले अक्टोबर १, २०२६ देखि नोभेम्बर ३०, २०२६ सम्मका लागि यो आकर्षक एक्सचेन्ज तथा खरिद अफर ल्याएको हो।
‘महा–एक्सचेन्ज धमाका’ अफरका मुख्य विशेषताहरू
पुराना ब्याट्री साट्दा विशेष छुट: ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना ब्याट्रीहरूसँग नयाँ एक्साइड ब्याट्री साटफेर (Exchange) गर्न वा नयाँ खरिद गर्दा ५० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।
लक्की ड्रमार्फत क्यासब्याक: योजना अवधिभर हरेक महिना लक्की ड्रमार्फत १५ जना भाग्यशाली ग्राहकहरूलाई ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर प्रदान गरिनेछ।
निःशुल्क सर्भिसिङ सुविधा: अफरअन्तर्गत ग्राहकहरूले १ पटक निःशुल्क ब्याट्री चेक-अप तथा सर्भिसिङ सेवा प्राप्त गर्नेछन्।
लक्की ड्रमा कसरी सहभागी हुने?
यो महा-एक्सचेन्ज योजनामा सहभागिता जनाउनका लागि ग्राहकहरूले सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा रिटेलरहरूबाट ब्याट्री खरिद वा एक्सचेन्ज गरेपछि ‘सिप्रदी स्टार एप’ (Sipradi Star App) मार्फत पेपरलेस वारेन्टी दर्ता गर्नुपर्नेछ। वारेन्टी दर्ता गर्नासाथ ग्राहकहरू क्यासब्याक लक्की-ड्र मा स्वतः सहभागी हुनेछन्।
नेपालभर फैलिएको सिप्रदी एक्साइडको फराकिलो नेटवर्कका कारण ग्राहकहरूले आफ्नै नजिकैको आधिकारिक बिक्री केन्द्र वा रिटेलर आउटलेटबाट यो सुविधा सहजै लिन सक्नेछन्।
For more: Sipradi’s Festive Offer 2026

