सिद्धार्थ बैंकद्वारा सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा
९ कात्तिक, काठमाडौं।
सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ तरिकाले सम्बोधन गर्ने उद्देश्यका साथ सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ। यस सुविधाअन्तर्गत ग्राहकहरूले आफ्ना सेयरहरू धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार ग्राहकहरूले सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग एप ‘BankSmart XP’ मार्फत सहजै अनलाइन आवेदन दिन सक्नेछन्। त्यसका लागि एपभित्र रहेको BankSmart XP > Easy Loan > Loan Services > Loan Against Share विकल्पमा गएर प्रक्रिया अगाडि बढाउन सकिनेछ।
यस सेवाअन्तर्गत ग्राहकहरूले आफ्नो कुल धितो रहने सेयरको मूल्याङ्कनका आधारमा ७० प्रतिशतसम्म सेयर धितो कर्जा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहज रूपमा पूरा गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
ग्राहकहरूलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सेयर धितो कर्जा सेवा सिद्धार्थ बैंकका देशभर रहेका सबै शाखाहरूमा समेत उपलब्ध छ।
यस सुविधाका बारेमा थप जानकारी वा जिज्ञासा भएमा बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ को फोन नम्बर ०१-५९७००२० वा ईमेल [email protected] मार्फत सम्पर्क गर्न सकिनेछ।
For More: Siddhartha Bank Online Share

