सिद्धार्थ बैंकको ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक, सुन धितो राखेर ५० लाखसम्म कर्जा पाइने
१ साउन, काठमाडौं।
सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरुले आफ्नो सुन तथा सुनका गरगहनाहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले अधिकतम ५० लाख रुपैयाँसम्मको कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। यसमा धितो राखिने सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ। यो सुविधामार्फत ग्राहकहरूले आफ्नो व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने विश्वास बैंकले लिएको छ।
ग्राहकहरुलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सुविधा हालका लागि सिद्धार्थ बैंकको काठमाडौं स्थित न्यूरोड गेट शाखाबाट उपलब्ध छ।
For More: Siddhartha Bank Gold Loan


