एनसीएचएल प्रणालीमा अब तीन बजेसम्म कारोबार हुने

connectIPS e-payment

४ असोज २०७८, काठमाडौं ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) प्रणालीबाट अब तीन बजेसम्म कारोबार हुने भएको छ । अन्तरबैंक भुक्तानी प्रणालीको उपयोगिता बृद्घि भइरहेको अवस्थामा प्रणाली मार्पmत गरिने बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका गरेको हो ।

अब एनसीएचएल प्रणालीमा बिहानको ९ बजेदेखि दिनको ३ बजेसम्म (आईतबार देखि बिहिबार) सम्म कारोबार हुने भएको छ । यो व्यवस्था भोलि अर्थात असोज ४ गतेदेखि हुनेछ ।

यस अघि बिहानको १०ः०० बजे देखि दिनको ३ बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने गरेको थियो । त्यसै गरी दिनको ३स्३० बजेसम्म प्राप्त भएकाबैकको आफ्नो ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् ।

शुक्रबारको दिन १२ः३० बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरु पनि सोही दिनमा फर्छौट हुने व्यवस्था मिलाईएको छ ।ल नगद तथा कागजमा आधारित भुक्तानीहरु भन्दा डिजिटल भुक्तानीको लोकप्रियता बढे सँगै एनसीएचएल आईपीएसमा वृद्धी भएको समय सीमाले ग्राहकहरुलाई थप सुविधा हुने विश्वास गरिएको छ ।

एनसीएचएल आईपीएस मार्फत तलब भत्ता, केन्द्रिय तथा स्थानीयसरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर, डिभिडेण्ड लगायतका विभिन्न भुक्तानीहरु नगद वा चेक बिना सिधै खाताबाटै रकमान्तर गर्न सकिन्छ ।

हाल यस प्रणालीमा ५९ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । यस प्रणाली मार्फत प्रति कारोबार रु २० करोड सम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी रु ३० करोड सम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी रु ५० करोडसम्म र सरकारी भुक्तानी रु २ अर्ब सम्म गर्न सकिन्छ ।

हाल एनसीएचएल आईपीएस मार्फत भुक्तानी कारोबारहरु बैंक ⁄ वित्तिय संस्थाको शाखा, कर्पोरेट ⁄/बिजनेस च्यानल, कर्पोरेटपे प्र्रणाली तथा नेसनल पेमेन्ट्स इन्टरफेस लगायतका च्यानलहरु मार्फत गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here