सेगवेको नयाँ वर्ष विशेष अफर, नगद छुट र लक्जरी गेटवे

Segway’s New Year

१९ चैत, काठमाण्डौं।

सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो नेपाली नयाँ वर्ष २०८१ को सु–अवसर पारि सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको छ ।

ग्राहकहरुले यही १९ चैत्र, २०८० देखि १८ वैशाख, २०८१ सम्म रहने यस योजना अवधि भित्र खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुटको मजा लिन सक्नेछन्, साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने शानदार मौका पाउने छन् ।

इेलेक्ट्रिक स्कुटरको नेपाली बजारमा सेगवेका इ–स्कुटरहरु लोकप्रिय हुनुका साथै उपभोक्ताहरूको रोजाइमा परिरहेका छन् । शहरी देखि साहसिक यात्राका लागि ग्राहकहरु सेगवे इ–स्कुटरहरुमा आकर्षित हुनुका साथै तिनका नवीन विशेषताहरूका कारण दैनिक जीवनको एक आवश्यक अंश बन्न सफल भएका छन् ।

नयाँ वर्षको विशेष अफरमा ग्राहकहरूले चयन गर्ने सेगवे इ–स्कुटरका मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्त गर्न सक्नेछन्, विशेष गरी, E125 र E110L मा रु.२५,००० सम्म, E100 मा रु.२०,००० सम्म र N100 मा रु.१५,००० सम्म विशेष नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै थप, सेगवले ग्राहकहरूलाई प्रतिष्ठित क्लब हिमालय नगरकोटमा १–रात २–दिनको बसाइ र स्कूटरका  एक्सेसरीजहरू जित्ने मौका प्रदान गर्दैछ ।
ग्राहकहरू उपत्यका भित्रका राइजिङ मल, दरबारमार्ग, झम्सीखेल, ललितपुर र सल्लाघारी–भक्तपुर लगायत उपत्यका बाहिरका पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, इटहरी र लहानमा शोरुममा गई यो योजनाको फाइदा लिन सक्नुहुनेछन्  ।

सेगवेका मोडलहरु

सेगवेका मोडलहरु नगद छुट
E125 रु.२५,००० सम्म
E110L रु.२५,००० सम्म
E100 रु.२०,००० सम्म
N100 रु.१५,००० सम्म

सेगवे–नाइटबटको बारेमा:

सेगवे–नाइटबटको विश्वव्यापी N100, E100, E110L, र E125 जस्ता लोकप्रिय मोडलहरू हाल नेपाली इलेक्ट्रिक सवारी साधन बजारमा सबैभन्दा बढी बिक्री भइरहेका छन् ।
सेगवे विश्वव्यापी रूपमा व्यक्तिगत यातायात उपकरणहरूको एक प्रमुख प्रदायकको रूपमा अफुलाइृ सावित गरेको छ, जसले नवीन उत्पादनहरू सिर्जना गरी दक्षता, स्थिरता प्रदान गर्दै मानिसहरूको दैनिक यात्राहरूमा आनन्द बढाएको छ ।
सेगवे विभिन्न उत्पादन र साझा गतिशील समाधानहरूको साथ नेपालको व्यक्तिगत यातायात परिदृश्यमा अग्रसर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here