भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने
१५ कात्तिक, काठमाडौं।
भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ।
सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरेको हो।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा सामुदायिक विद्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन भएको थियो।
For More: Government Office Hours Change

