खल्ती मार्फत् एस.ई.ई २०७८/७९ को नतिजा नि:शुल्क हेर्न सकिने

SEE Results

१० साउन २०७९, काठमाडौं ।

खल्तिले एस.ई.ई विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ।

यस सहकार्य संगै अब एस.ई.ई २०७८/७९ ब्याचका  विद्यार्थी र अभिभावकहरुले सजिलै र नि:शुल्क खल्ती मार्फत् नतिजा हेर्न सक्नेछन्।

नतिजा हेर्नका निमित्त प्रयोगकर्ताले खल्ती एपमा गई एस.ई.ई रिजल्टमा ट्याप गरि आफ्नो सिम्बोल नम्बर र जन्म मिति राख्नुपर्नेछ। राखिएको सबै विवरण ठिक भएमा एस.ई.ई को नतिजा तुरुन्तै उपलब्ध हुनेछ र यसरी खल्ती बाट नतिजा हेर्ने कुनै पनि शुल्क लाग्ने छैन।

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने:

“एसएलसी को नतिजा पत्रिकामा  हेर्नुपर्ने समय परिवर्तन भएर एसएमएस बाट हेर्न मिल्ने भएको प्रक्रियामा सहजता महसुस भएको थियो। अहिले हामी खल्ती एप बाटै नि:शुल्क नतिजा हेर्न मिल्ने समय सम्म आईपुगेका छौं र यो प्रविधिमा ठुलो रूपान्तरण हो।”

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको छ। करिब छ वर्षको अवधिमा खल्तीले देशभर २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ५० हजार + एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानीसेवा दिँदै आएको छ। यति मात्र नभई विभिन्न साना तथा ठुला व्यापारलाई पनि भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यावशायलाई प्रोत्साहन दिई आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here