सानिमा बैंकका Cash Deposit Machine सुबिधा सञ्चालनमा

Sanima Cash Deposit Machine

५ असोज २०७९ काठमाडौं।

सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि Cash Deposit Machine सञ्चालनमा ल्याएको छ। उक्त मेशिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा गर्न सक्नुहुनेछ ।

यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

हाल उक्त मेशिनबाट ग्राहकहरुले रु. ५०० र १००० दरका रु. १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् ।

हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ ।

सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here