सानिमा बैंकका ग्राहकलाई श्री एयरलाइन्समा विशेष छुट

Sanima Bank tie up Shree
Share It On:

२४ भदौ, काठमाडौं । 

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई श्री एयरलाइन्सको टिकटमा विशेष छुटको व्यवस्था गरेको छ।

Sanima Bank tie up Shree Airlines

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंक र एयरलाइन्सबीच भएको यो समझदारीले सानिमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा सहज र सस्तो बनाउनेछ।

यस समझदारीअनुसार, सानिमा बैंकका ग्राहकले भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा रु. ५०० छुट प्राप्त गर्न सक्नेछन्। यो छुट श्री एयरलाइन्सको काउन्टरमा भुक्तानी गर्दा उपलब्ध हुनेछ।

सानिमा बैंकले डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्नका लागि यसअघि पनि विभिन्न छुट र अफरहरु उपलब्ध गराउँदै आएको छ। डिजिटल बैंकिङ्गका माध्यमबाट ग्राहकहरुलाई सहज र सुरक्षित भुक्तानीको अनुभव गराउँदै, बैंकले उनीहरुलाई आकर्षक अफरहरु पनि प्रदान गरिरहेको छ।

यसका साथै, सानिमा बैंकका ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अन्य अफरहरुको जानकारी पनि प्राप्त गर्न सक्छन्: https://www.sanimabank.com/digital-banking/offers.

सानिमा बैंकले देशभरका १३३ कार्यालयहरु१२४ एटीएम मार्फत सातै प्रदेशमा सेवा दिइरहेको छ, जसले गर्दा ग्राहकहरुले देशभर बैंकको सेवा सजिलैसँग प्राप्त गर्न सक्छन्।

For more: Sanima Bank tie up Shree Airlines


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *