२४ भदौ, काठमाडौं ।
सरकारले सरकारी कार्यालयहरुमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरुलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याएर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
१२ पुस २०८० को मन्त्रिपरिषदको निर्णयअनुसार २९ माघ २०८०मा प्रकाशित राजपत्रले सबै सरकारी कार्यालयको खाजा सयम तोकेकाले त्यसअनुसासर नै गर्न पत्रमा भनिएको छ ।
मन्त्रिपरिषदको निर्णयअनुसार तोकिएको खाजा समयबारे सूचना सूचनापाटीमा टाँस्ने र अन्य समयका सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्था गर्न सम्बिन्धकत कार्याएलय प्रमुखले मिलाउनुपर्ने परिपत्रमा उल्लेख छ ।
पत्रमा अनुगमनका क्रममा कतिपय निकायमा खाजा समय तोकिएभन्दा बढी निर्धारण गरिएको र खाजा समय पालना नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मन्त्रालय र अन्तरगतका निकायमा तोकिए अनुसार खाजा समयको परिपालना गर्न पत्रमा भनिएको छ ।