सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

Maha Bachat Bazar

१ साउन २०७८ काठमाडौं ।

सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।

दराजको महाबचत बजार योजना अन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५% वा अधिकतम् रु १,५०० सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०% वा अधिकतम् रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यो योजना २०७८ साउन ३ देखि २०७८ साउन ७ गतेसम्म लागू हुनेछ ।

उक्त समझदारी पत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गर्नुभयो ।

सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९५ एटिएम संचालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlet) ), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here