सानिमा बैंकको ‘महाशिवरात्रिमा डिजिटल प्रसाद’अफर

Sanima Bank  Shivaratri Offer 

०५ फाल्गुन २०७६, काठमाडौं ।  

सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरु लाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागिआफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

यो योजना अन्तर्गत बिवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउनु हुनेछ ।

साथै, यो योजनामा महिला ग्राहकले रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनु हुनेछ । यस योजना फाल्गुन ०७ देखि ११, २०७६ सम्मका लागि लागु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here