सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा

Digital Counter service Nepal

साउन १४, २०७७ काठमाडौं ।

सानिमा बैंक लि. ले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त बैंकिङ्ग सेवाहरु संचालन गर्दै आइरहेको छ । सोही क्रममा बैंकले श्रावण १३ गते देखि डिजिटल काउन्टर संचालनमा ल्याएको छ ।

अब डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकहरुले चेक बिना नै भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ई बैंकिङ्ग” बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर QR Code scan गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।
ग्राहकले चेक बुक भर्नुपर्ने प्रक्रिया बिना सिधै डिजिटल काउन्टरमा रहेको QR Code scan गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको छ । यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here