ओकमिस्ट डिस्पेन्सर बजारमा, स्वचालित रुपमा हातलाई स्यानिटाइज गर्न सकिने

Oakmist Touchless Sanitizer Dispensers

साउन १३, काठमाडौं

विश्वभर कोरोना भाइरसको महामारी र त्रास बढेसँगै मानिसहरु सुरक्षित हुने विभिन्न किसिमका तरिका र उपकरणहरुको खोजीमा रहेका छन् । यसमध्ये एक हो हातलाई सफा र सुरक्षित गर्ने ह्याण्ड स्यानिटाइजर । यहि विषयलाई ध्यानमा राखेर स्मार्ट आर्क प्रालिले नेपालमा कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर उपकरण भित्र्याएको छ ।
बजारमा मानिसले नछोईकन नै ह्याण्ड स्यानिटाइजर उपकरण भित्र्याएको हो ।
कम्पनीले ओकमिस्ट ब्राण्डको कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर ल्याएको छ जसले कुनैपनि मानिसको हातलाई नछोईकन नै स्वचालित रुपमा स्यानिटाइज गर्दछ ।
कम्पनीले भारतमा निर्मित ओकमिस्ट ब्राण्डको ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा ल्याएको हो ।
यो टचलेस स्यानिटाइजर डिस्पेन्सर भारतको रक्षा, अनुसन्धान तथा विकास संगठन (डिआरडिओ) सँग मिलेर रिओट ल्याब्ज प्रालिले उत्पादन गरेको हो ।
कोरोना भाइरसबाट सुरक्षा गर्न र अधिक भिडभाड हुने स्थानमा आवतजावत गर्ने मानिसहरुको हात स्यानिटाइज गर्न रिओटले डिआरडिओको सहयोगमा टचलेस स्यानिटाइजर डिस्पेन्सर विकास गरेको हो ।
यो टचलेस स्यानिटाइजर डिस्पेन्सर निकै सुरक्षित रहेको छ भने यसमा भएको अल्ट्रासोनिक सेन्सरको आधारमा संचालन हुन्छ। यसले केबल १२ सेकेण्डमा स्वचालितरुपमा अल्कोहलमा आधारित ५देखि ६ मिलिलिटरको स्यानिटाइजरले मानिसको हातलाई स्यानिटाइज गर्न सक्दछ ।
हामी दैनिक नियमित रुपमा आँखा, नाक र मुखमा हातले छुने गर्दछौं । अनुसन्धानका अनुसार मानिसहरुले दैनिक २३ देखि ५० पटक आफ्नो अनुहारको विभिन्न स्थानमा छुने गर्दछन । यसले मानिसहरुमा कोरोना भारस सार्न सक्दछ । तर ओकमिस्टको यो टचलेस स्यानिटाइजर डिस्पेन्सरले त्यस्तो जोखिमबाट मुक्त गर्न सक्दछ ।
स्मार्ट आर्क प्रालि का निर्देशक राहुल अग्रवालले अधिक भिडभाड हुने स्थानहरुमा ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर प्रयोग गर्न सकिने र यसले सयौं मानिसहरुको हातलाई दैनिक रुपमा सजिलै स्यानिटाइज गर्न सक्ने बताए ।
‘देशमा बढिरहेको कोरोना भाइरसको संक्रमण र लकडाउन खुलेपछि शुरु भएको भिडभाडले जोखिम बढाएको छ । यस्तोमा नियमित रुपमा हातलाई स्यानिटाइज गर्न आवश्यक हुन्छ । ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सरले यसलाई सजिलो बनाउँछ,’ स्मार्ट आर्क प्रालिका निर्देशक राहुल अग्रवालले भने ।
यसमा प्रयोग गरिएको प्रविधिले स्यानिटाइजरलाई खेर जान दिँदैन भने पटक पटक हातले स्यानिटाइजर बक्सलाई छुनुपर्ने बाध्यता हटाउँछ । अझ यसले कार्यालयहरु वा सार्वजनिक स्थलहरुमा ह्याण्ड स्यानिटाइजर गराउनका लागि छुट्टै मानिस राख्नुपर्ने अबस्थाको अन्त्य हुनेछ । जसले गर्दा खर्चमा पनि कटौती हुनेछ । यसले स्वचालितरुपमा काम गर्नसक्ने हुँदा यो निकै सुरक्षित र भरपर्दो रहेको छ ।
ओकमिस्ट प्लस टचलेस स्यानिटाइजर डिस्पेन्सरमा ५ लिटरको स्यानिटाइजर प्रयोग गर्न सकिन्छ भने यसमा १ वर्षको वारेन्टी दिईएको छ ।
यसलाई डिआरडिओले प्रमाणित गरेको छ भने यसलाई कार्यालयहरुमा वा घरमा प्रयोग गर्न निकै सजिलो र सहज रहेकोछ ।
अझ यसलाई स्मार्टफोन एपबाट समेत नियन्त्रण गर्न सकिने सुबिधा रहेको छ । जसको माध्यमबाट कति सेकेण्डसम्म स्प्रे गर्ने भन्ने समय निर्धारण गर्न सकिन्छ ।
कम्पनीले आगामी दिनमा १.२ लिटरको ओकमिस्ट मिनी ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर समेत ल्याउने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here