सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

Sanima Bank handover accidental
Share It On:

३  साउन काठमाडौं ।

सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो ।

Sanima Bank handover accidental insurance claim cheque

सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यज्यूले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।

दुर्घटनाका कारण मृत्यु भएका श्री दिनेश कार्कीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा दिर्घायु बचत खाता खोल्नुभएको थियो ।

सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

For more: Sanima Bank handover accidental insurance


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *