सामसुङको S21 series खरिद गर्न सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

Sanima bank free credit

१८ माघ  २०७७, काठमाडौं ।

सामसुङको S21 series खरिद गर्न सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड तथा शून्य % ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) व्यवस्था गरेको छ ।

यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु, IMS Smart Pvt. Ltd र Him Electronics Pvt. Ltd. (Samsung Plaza) संग सम्झौता गरेको छ ।

ग्राहकहरुले शून्य ५ ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) सुबिधाका साथै निःशुल्क EMI प्रशासनिक शुल्क र सामसुङको तर्पmबाट आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरिएको छ ।

सामसुङ S21 Series को प्री‐बुकिङ्ग सुरु भइसकेको छ र ग्राहकहरुका लागि २०७७ माघ २३ गते बाट उपलब्ध हुने अपेक्षा गरिएको छ ।

ग्राहकहरुले IMS Smart Pvt. Ltd र Him Electronics Pvt. Ltd. (Samsung Plaza) का विभिन्न आउटलेटबाट प्री‐बुकिङ्ग गर्न सक्नेछन् ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlet), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here