गरिमा विकास बैंकद्धारा नयाँ कर्जा सुविधाहरु सार्वजानिक

Garima Easy Home Loan
Share It On:

१८ माघ  २०७७, काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ ।

बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत Garima Easy SME Loan’ र ‘Garima Easy Home Loan’ सार्वजानिक गरेको हो ।

हाल विश्वमा आएको महामारी कोभिड १९ का कारण विश्व अर्थतन्त्र शिथिल भएको वेलामा हाम्रो देश पनि यसवाट टाढा रहन सकेन ।

यस विषम परिस्थितिमा वढ्दो वेरोजगार तथा उघमीहरुको उघमशिलतामा समेत ह्रास आएको वेलामा उघमीहरुलाई सरल र सहज तवरवाट कम व्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सृजना तथा उघमशिलताको विकास सगै रोजगार सृजनामा ठुलो टेवा पुगोस् भनी बजारमा थप आक्रामक तवरवाट बजार विस्तार गर्न गरिमा विकास बैंकले ग्राहकमैत्री कर्जा सुविधाहरु लिएर आएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताउनुभयो ।

दुबै कर्जा सुविधाहरु ८.८८% ब्याजदरमा उपलब्ध भएको र धितो मुल्याङ्कनको शत प्रतिशत ‘Garima Easy Home Loan’  मा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशत सम्म ‘Garima Easy Home Loan’  मा कर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ ।

साथै अन्य बैंक तथा वित्तिय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवा शुल्कमा पनि ५०% सम्म छुट सुबिधा पाउन सकिने छ ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *