बडादशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

Bank Credit Card
Share It On:

असोज ११, २०७७, काठमाडौं ।

नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा सानिमा बैंकले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा ”नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।

यो योजना १२ आश्विन देखि आश्विन मसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुनेछ। साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) भुक्तानीको व्यवस्था गर्न सकिने छ । यसै गरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल (online shopping portal) दराजमा रु. ३,००० बराबरको सामान खरिद गर्दा रु. ५०० को निःशुल्क भौचर समेत प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlet), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *