मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियामा

Muktinath Remit Australia

असोज ११, २०७७, काठमाडौं ।

मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलिया Muktinath Remit Australia को कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको https://www.muktinathremit.com.au गरी वा मोबाईल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सक्नुहुनेछ ।

साथै मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४,००० भन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिनेछ । थप विस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलियाको https://www.muktinathremit.com.au पनि हेर्न सकिने छ ।
कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबारप्रोत्साहनगर्न बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here