सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

Sanima Bank
Share It On:

७ चैत, काठमाण्डौं। 

सानिमा बैंकद्वारा सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट दाबी प्रमुख नवराज पराजुलीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् ।

दुर्घटनामा पर्नु भएका टेक बहादुर मगरले सानिमा बैंकको एकान्तकुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए ।

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *