सामसुङ प्लाजाद्वारा काठमाडौँको कालिमाटीमा १६ औँ शोरुमको उद्घाटन
१९ साउन, काठमाडौं।
हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसङ प्लाजाले काठमाडौंको कालिमाटीमा आफ्नो १६औँ शोरुम उद्घाटन गरेको छ। यस विस्तारसँगै सामसङ प्लाजाले आफ्नो खुद्रा बिक्री सञ्जाललाई थप विस्तार गर्दै यस क्षेत्रका ग्राहकहरूलाई सक्कली सामसङ उत्पादनहरू अझ नजिकबाट उपलब्ध गराएको छ।
नयाँ शोरुमको औपचारिक उद्घाटन बिहान ११:०० बजे सामसङ नेपालका प्रबन्ध निर्देशक श्री चाङ यूके जङ र हिम इलेक्ट्रोनिक्सकी निर्देशक श्रीमती सीमा गोल्छाले संयुक्त रूपमा गर्नुभएको हो।
शोरुममा सामसङका नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरण तथा अन्य इलेक्ट्रोनिक उत्पादनहरूसहित सक्कली सामसङ उत्पादनहरूको विस्तृत श्रृंखला उपलब्ध छ। ग्राहकहरूले विशेष उद्घाटन अफर, आधुनिक किनमेल अनुभव तथा तालिमप्राप्त कर्मचारीहरूबाट व्यावसायिक परामर्शसमेत प्राप्त गर्न सक्नेछन्।
कालिमाटी शोरुमको उद्घाटनले नवीन प्रविधि, गुणस्तरीय उत्पादन र भरपर्दो ग्राहक सेवालाई नेपालभरिका उपभोक्तामाझ अझ सहज रूपमा पुर्याउने सामसङ प्लाजाको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
सामसङ प्लाजाले कालिमाटी तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई नयाँ शोरुम भ्रमण गरी सामसङका नवीनतम उत्पादन तथा प्रविधिको अनुभव लिन हार्दिक स्वागत गर्दछ।
For more: Samsung Plaza Showroom Kalimati

