सामसुङको मनसुन धमाका: टिभी, फ्रिज र वासिङ मेसिनमा विशेष छुट तथा २४ महिने EMI सुविधा
८ भदौ, काठमाडौं।
सामसङ नेपालले आफ्ना ग्लोबल नम्बर १ टिभी तथा होम अप्लायन्सेसहरूमा २३% सम्मको क्यासब्याक र आकर्षक उपहारसहित विशेष मनसुन अफर ल्याएको छ, जसले तपाईंको घरमा थप आराम र खुसी भित्र्याउँछ।
सामसङ नेपालले यस मनसुनमा उपभोक्ताहरूका लागि आफ्नो नवीनतम टिभी, वाशिंग मेशिन र रेफ्रिजेरेटर रेन्जमा विशेष मनसुन अफर प्रस्तुत गरेको छ। प्रिमियम प्रविधि र सुविधालाई अझ सहज रूपमा उपभोक्तामाझ पुर्याउने उद्देश्यले ल्याइएको यस अफरले घरायसी उपकरणहरू अपग्रेड गर्ने अवसर प्रदान गर्नेछ।
अफरअन्तर्गत चुनित होम अप्लायन्सेसहरूमा २३% सम्मको Cashback उपलब्ध हुनेछ। यसका साथै, चुनित टिभी मोडलहरूको खरिदमा १२ महिनासम्मको नि:शुल्क NetTV Subscription र नि:शुल्क Soundbar लगायतका उपहारहरू प्राप्त गर्न सकिनेछ।
ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका AI Ecobubble Washer Dryer, Front Load, FATL तथा SATL वाशिंग मेशिनमा २३% सम्मको Instant क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, Single-door, Double-door तथा Side-by-Side Samsung रेफ्रिजेरेटरमा १७% सम्मको क्यासब्याक उपलब्ध रहेको छ। घरमा अझ इमर्सिभ मनोरञ्जन अनुभव भित्र्याउनेदेखि दैनिक लुगा धुने कामलाई अझ स्मार्ट बनाउने तथा भान्साका आवश्यक उपकरणहरू अपग्रेड गर्नेसम्म, सामसङको यस अफरमा हरेक घरपरिवारको आवश्यकता र रोजाइअनुसारका विकल्पहरू उपलब्ध छन्।
टिभीमा उपलब्ध अफरहरू
| सेगमेन्ट | साइज | अधिकतम क्यासब्याक | साउन्डबार अफर | NetTV अफर |
| NEO QLED | ५५” – ६५” | ७% | – | १२ महिनाको निःशुल्क NetTV Subscription |
| Mini LED | ७५”-८५” | ६% | ८५” मोडलमा रु. ४९,९९९ मूल्यको निःशुल्क Soundbar | १२ महिनाको निःशुल्क NetTV Subscription |
| QLED | ५५”-६५” | १८% | –
|
१२ महिनाको निःशुल्क NetTV Subscription |
| UHD | ४३”-७५” | १२% | ७५” मोडलमा रु. ४९,९९९ मूल्यको Soundbar | १२ महिनाको निःशुल्क NetTV Subscription |
| FHD | ४३” | ७% | – | ६ महिनाको निःशुल्क NetTV Subscription |
| HD | ३२” | २१% | – | ६ महिनाको निःशुल्क NetTV Subscription |
वाशिंग मेशिनमा उपलब्ध अफरहरू:
| सेगमेन्ट | साइज | अधिकतम क्यासब्याक | निःशुल्क उपहार |
| AI EcobubbleTM Washer Dryer | ९ – ११ केजी | २३% | – |
| AI EcobubbleTM Front Load | ९ – १२ केजी | २२% | चुनित मोडलमा Surf Excel Matic Powder FL 6KG |
| Fully Automatic Top Load | ८ केजी | १२% | चुनित मोडलमा Surf Excel Matic Powder FL 1L |
| Semi Automatic Top Load | ७ केजी | १२% | – |
रेफ्रिजेरेटरमा उपलब्ध अफरहरू:
| सेगमेन्ट | साइज | अधिकतम क्यासब्याक |
| Side by Side | ७०० लिटर | ११% |
| 5 in 1 | ३५० – ४१९ लिटर | १५% |
| Double Door | २५३ – २७५ लिटर | १७% |
| Single Door | १९२ – २३० लिटर | १५% |
यसका साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित सामसङ Insta Finance Service मार्फत ग्राहकहरूले सामसङका होम अप्लायन्सेसहरू २४ महिनासम्मको EMI योजनामा खरिद गर्न सक्नेछन्, जसले यी उपकरणहरूको खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउनेछ।
त्यसैगरी, नयाँ सामसङ होम अप्लायन्सेसहरूमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आफ्ना पुराना उपकरणहरू ArkoStore वा नेपालभर रहेका सामसङ का अधिकृत रिटेल स्टोरहरूमार्फत exchange गर्न सक्नेछन्।
यी अफरहरू सीमित अवधिका लागि मात्र उपलब्ध छन्। अफरसम्बन्धी थप जानकारीका लागि उपभोक्ताहरूले आफ्नो नजिकैको सामसङ अधिकृत स्टोरमा सम्पर्क गर्न सक्नेछन्।
For more: Samsung Nepal Monsoon Deals

