Global Fintech Awards 2026: नेपालका ५ फिनटेक कम्पनीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा
८ भदौ, काठमाडौं।
ग्लोबल फिनटेक अवार्ड्स २०२६ मा नेपालका पाँच प्रमुख फिनटेक र डिजिटल भुक्तानी कम्पनीहरू अन्तर्राष्ट्रिय विधामा नामांकित भएका छन्।
नेपालको डिजिटल भुक्तानी तथा फिनटेक क्षेत्रले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण सफलता हासिल गरेको छ। भारतको मुम्बईमा आगामी ८ देखि ११ सेप्टेम्बर २०२६ सम्म आयोजना हुने Global Fintech Fest 2026 अन्तर्गत प्रदान गरिने Global Fintech Awards (GFA) 2026 मा नेपालका पाँच प्रमुख फिनटेक तथा डिजिटल भुक्तानी कम्पनीहरू विभिन्न विधामा नामांकित तथा सर्टलिस्ट भएका छन्।
ग्लोबल फिनटेक अवार्ड्समा नेपालका नामांकित कम्पनीहरू
आयोजकबाट प्राप्त आधिकारिक विवरणअनुसार नेपालका उत्कृष्ट कम्पनीहरूले विभिन्न अन्तर्राष्ट्रिय विधामा स्थान बनाएका छन्:
Best Fintech from Nepal: यस विधामा नेपालका तीन अग्रणि कम्पनीहरू Citytech Group Pvt. Ltd., eSewa Limited र IME Khalti Limited सर्टलिस्ट भएका छन्।
finPOS, डिजिटल वालेट, बिल भुक्तानी तथा विभिन्न वित्तीय प्रविधि सेवामार्फत यी कम्पनीहरूले नेपालको डिजिटल इकोसिस्टमलाई मजबुत बनाउँदै आएका छन्।
Best Payments Solution: यस विधामा IMARK Pvt. Ltd. नामांकित भएको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली भुक्तानी प्रविधि र समाधानको क्षमतालाई प्रदर्शन गरेको छ।
Best Digital Public Infrastructure: नेपालको डिजिटल भुक्तानी पूर्वाधारको विकास र पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको Fonepay Payment Service Limited यस विधामा नामांकित भएको छ।
For more: Global Fintech Awards 2026

